बारपाक सुलिकोटमा आइतबार बिदाको निर्णय कार्यान्वयन नहुने
गोरखा : नेपाल सरकारले गरेको आइतबार बिदाको निर्णय गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले कार्यान्वयन नगर्ने भएको छ। गाउँ कार्यपालिकाको जेठ १५ गते बसेको बैठकले आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको हो।
नेपाल सरकारले इन्धन खपत घटाउनका लागि भन्दै जेठ १ गतेबाट शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
गाउँपालिकाले आइतबार सूचना जारी गर्दै आइतबारदेखि बिहिबारसम्म बिहान १० बजेदेखि बेलुका पाँचबजेसम्म कार्यालय खुल्ला रहने जनाएको छ। शुक्रबार भने विहान १० बजेदेखि अपरान्ह तीनबजेसम्म कार्यालय खुल्ला रहने जनाएको छ।
त्यस्तै कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म आइतबारदेखि बिहिबारसम्म कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र शुक्रबार बेलुका ३ बजेसम्म खुल्ने बारपाक सुलिकोट गाउँपालिको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !