धनकुटामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

धनकुटामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

धनकुटा : धनकुटा नगरपालिका–६ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–१० घर भइ हाल जिल्ला धनकुटा नगरपालिका–६ मा कोठा लिइ बस्ने २४ वर्षीया पुरन राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

कोशी लोकमार्गमा धनकुटाबाट धरान जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। गएराति २ बजे दुर्घटना स्थलमा मोटरसाइकल र गम्भीर घाइते अवस्थामा भेटिएका राईलाई उपचारका लागि धनकुटा अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याए लगत्तै साढे २ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसी चिरञ्जीवी दाहालले बताए। मोटरसाइकल प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा  छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.