आफन्तले जब मृतकको मुहार सुमसुम्याए...
![आफन्तले जब मृतकको मुहार सुमसुम्याए...](https://annapurnapost.prixacdn.net/media/albums/TaraAircrass_deadbodyatPasupatiaryaghat000_20220602154027_APfv5DrCA0.jpg)
काठमाडौं : तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएका धनुषा मिथिला नगरपालिका-११ लोटाका सात जनाकै शव आफन्तले बुझेका छन्। शिक्षण अस्पताल महाराजगन्जमा शव बुझेका आफन्तले आजै बौद्ध धर्मअनुसार स्वयम्भुमा अन्तिम संस्कार गरेका छन्।
अन्तिम संस्कार गर्नुअघि स्वयम्भुमा आफन्त तथा परवारजनको बाक्लो उस्थिति रहेको थियो। नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले शवमाथि पार्टीको झण्डा अर्पण गरेका थिए।
स्वयम्भुमा उपस्थित आफन्तहरुको रोदनले सन्नाटा छाएको थियो। उनीहरुले ज्यान गुमाएका आफन्तहरुको अन्तिमपटक मुहार हेरिरहँदा उपस्थित आफन्तहरु मर्माहत भएका थिए।
गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयर जहाज दुर्घटना हुँदा धनुषाको मिथिला नगरपालिका-११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको थियो। उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए।
तस्बिर : सरोज बैजु
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)