कीर्तिमानी आरोही फुञ्जोद्धारा आरोही कोष स्थापना गर्न दुईलाख हस्तान्तरण

कीर्तिमानी आरोही फुञ्जोद्धारा आरोही कोष स्थापना गर्न दुईलाख हस्तान्तरण

गोरखा : कीर्तिमानी आरोही महिला गोरखाकी फुञ्जो साङ्मो लामाले आरोही कोष स्थापनाका लागि दुईलाख रुपैयाँ प्रदान गरेकी छिन्। आरोही कोष स्थापनाका लागि सगरमाथा आरोहण संघ (इएसए)लाई अवार्ड प्रस्ताव गर्दै रकम हस्तान्तरण गरेकी इएसएका महासचिव शिवबहादुर सापकोटाले जानकारी दिए।

सगरमाथा दिवस २०२१ को अवसरमा उनले तेञ्जिङ हिलारी एवार्डबापत नगद ५० हजार रुपैयाँसहित अवार्ड पाएकी थिइन्। सो अवार्डमा एकलाख ५० हजार रुपैयाँ थप गरी उनले संघलाई प्रदान गरेकी इएसएका महासचिव सापकोटाले जानकारी दिए।

नेपालबाट सन् २०१८ मा सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेकी फुन्जो झाङ्मु लामाले देशको आरोही समुदायको कल्याणको लागि आरोही कल्याण कोष स्थापना गर्न आफूले संघलाई दुईलाख दान दिएको बताइन्।

पहिलो नेपाली महिला हेलिकप्टर लङ–लाइन उद्धारकर्ता फुन्जोलाई सरकारले सन् २०२१ को सगरमाथा दिवसको अवसरमा ५० हजार रुपैयाँ प्रदान गरेको थियो। सरकारको तर्फबाट तेन्जिङ–हिलारी अवार्डलाई इएसएका अनुसार उक्त कोष इएसएका कार्यवाहक अध्यक्ष दिवस पोखरेल र महासचिव सापकोटालाई हस्तान्तरण गरिएको थियो। उद्धारकर्ताले नेपाली आरोहण समुदाय र खाँचोमा परेकालाई सहयोग गर्न चाहेको बताइन्।

ग्रामीण समुदायलाई पनि जीविकोपार्जनका लागि सहयोग गरेको छु,’, उनले भनिन्, ‘कोभिड–१९ को संकटको घडीमा ग्रामीण परिवारलाई पनि सहयोग गर्ने प्रस्ताव राखेको छु’, सापकोटाले भनिन्, ‘आरोही कल्याणकारी कोष स्थापना गर्न रकम प्रयोग गर्नेछौं।’

अगामी दिनमा नेपाली आरोहीका खाँचोमा परेका परिवारलाई सहयोग गर्न उक्त कोषको उपयोग गरिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.