ट्याङ्करको ठक्करबाट मृत्यु

ट्याङ्करको ठक्करबाट मृत्यु

फिदिम : ट्याङ्करको ठक्करबाट घाइते भएका सुनसरी रामधुनी नगरपालिका ७ का २६ वर्षीय प्रेम घिसिङको मृत्यु भएको छ । झापाको बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचारको क्रममा घिसिङको मृत्यु भएको हो। 

पाँचथरको हिलिहाङ गाँउपालिकाको सल्लेरी स्थित मेची राजमार्गमा च्याङ्थापुबाट झापातर्फ गइरहेको मे १ ख २४९४ नम्बरको ट्याङ्करले ताप्लेजुङतर्फ जाँदै गरेको को ५ प २३३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार घिसिङ र २६ वर्षीया उनकी श्रीमती कन्चन मगर घाइते भएका थिए । 

घाइते मगरको बीएण्डसी अस्पतालको आइसीयु कक्षमा राखेर उपचार भइरहेको छ । ट्याङ्कर चालक झापाको सुरुङ्गा नगरपालिका २ का ३३ वर्षीय निमा तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।   

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.