जिसस स्याङ्जाको प्रमुखमा श्रीप्रसादको उम्मेदवारी

जिसस स्याङ्जाको प्रमुखमा श्रीप्रसादको उम्मेदवारी

स्याङ्जा : जिल्ला समन्वय समिति स्याङ्जाको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले पूर्व सहमति अनुरुप उम्मदेवारी दर्ता गराएका छन्। ११ पालिका रहेको स्याङ्जामा कांग्रेस र एमालेका बराबर(११/११) जना पालिका सदस्य निर्वाचित भएपछि गोलाप्रथाद्धारा पदाधिकारी छान्ने सहमति बनेको थियो।

गोलाप्रथामा नेपाली कांग्रेसलाई प्रमुखसहित ४ सदस्य र नेकपा एमालेलाई उपप्रमुखसहित ५ सदस्य चिट्टा परेको हो। नेपाली कांग्रेस ४ नगरपालिकाको प्रमुख र ५ उपप्रमुखसहित एक गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा विजयी भएको थियो। यसैगरी ५ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एक नगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको थियो।

नेपाली कांग्रेसले जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा श्रीप्रसाद जिटी र ३ जना सदस्यको उम्मेदवारी दर्ता गरेको हो। अरु सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँण रहेका छन्। प्रमुखसहित उनीहरु क्रमश: पुतलीबजार, पुतलीबजार, वालिङ् र चापाकोट नगरपालिकाका हुन्।

यसैगरी नेकपा एमालेले उपप्रमुखमा खड्कराज सुवेदी र अन्य सदस्यमा कृष्णप्रसाद सुबेदी, भोजबहादुर दर्लामी, निरमाया पराजुली र निर्मला सार्की छन्।

गोलाप्रथाबाट कांग्रेसले प्रमुखसहित ४ सदस्य र एमालेले उपप्रमुखसहित ५ सदस्य लिनेगरी सहमति बनेको थियो। यहाँका ११ पालिकामा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस र एमालेले ११/११ वटा पदमा विजयी भएपछि  जिल्ला समन्वय समितिको प्रमुखको लागि गोलाप्रथाबाट चयन गर्नुपर्ने भएको थियो।

प्रमुखका उम्मेदवार रहेको जिटी कांग्रेस स्याङ्जाका पूर्व सभापति हुन्। प्रजातन्त्र स्थापनाका लागि पटक–पटक जेल जीवन बिताएका उनी स्याङ्जा बम काण्ड मध्येका एक साक्षी र वीपी कोइरालासंगै उनीमाथि तत्कालिन राज्यसत्ताले विभिन्न मुद्धा लगाएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.