प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, असार १३ मा अमेरिका जाने

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, असार १३ मा अमेरिका जाने

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा लेवनान प्रस्थान गरेका छन्। प्रधानसेनापति शर्मा शनिबार द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युएन मिसनका बारेमा जानकारी लिन लेवनान गएका हुन्।  

शर्माको टोलीमा नेपाल सरकारका रक्षा सचिवसहित ७ जना रहेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भि.आई.पि. कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका हुन्।

'प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदलले असार ०४ गतेदेखि असार १० गतेसम्म संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युएनआएएफआइएल मिसन र तत्पश्चात सिरियास्थित युनएनडिओएफ मिसनको निरीक्षण भ्रमण गरी विविध पक्षहरुका बारेमा जानकारी लिनेछन्', विज्ञप्तिमा भनिएको छ,  'उनले लेवनान, सिरिया, युएनआएएफआइएल मिसन र युनएनडिओएफ मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने छन्।'

प्रधानसेनापति शर्मालाई शनिबार नै लेवनानमा नेपालका मानार्थ महावाणिज्यदूत तथा लेवनानका सरकारी अधिकारीहरुले स्वागत गर्ने छन् । त्यसपछि लेवनानी सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । लेवनान प्रस्थान गर्नुपूर्व शर्मालाई जंगी अड्‍डामा पनि सम्मान गारत अर्पण गरिएको थियो ।  

लेवनान भ्रमणपश्चात प्रधान सेनापति शर्माको ५ सदस्यीय टोली अमेरिका भ्रमणमा जाने छन्। उनीसहितको टोलीले असार १३ गतेदेखि असार १७ गतेसम्म ५  दिन अमेरिकाको औपचारिक भ्रमण गर्ने छ। प्रधान सेनापति शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन्। उक्त भ्रमण सम्पन्न गरी उनी असार १९ गते नेपाल फर्कने छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.