करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
गोरखा : करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका कर्मचारीको मृत्यु भएको छ। कामको शिलशिलामा करेन्ट लागेर ताप्लेजुङ घर भई गोरखामा कार्यरत ३२ वर्षिय रामकुमार लिम्बूको मृत्यु भएको केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले बताए।
सिरानचोक गाउँपालिका-५ जरेवरमा ‘हुकिङ लाईन’ छुटाउने क्रममा लिम्बूलाई करेन्ट लागेको उनले बताए।
करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागि गोरखा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको केन्द्रका प्रमुख न्यौपानेले बताए।
लिम्बू विगत आठ वर्षअघिदेखि विद्यूत प्राधिकरण वितरण केन्द्र गोरखामा कार्यरत छन्।
उनी ज्यालादारी प्राविधिक कर्मचारी रहेको प्रमुख न्यौपानेले बताए। शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !