लहानमा गोली चल्यो, एक जना घाइते

लहानमा गोली चल्यो, एक जना घाइते

सिरहा : सिरहाको लहान नगरपालिका-२२ बेलीजटियाही टोलमा गोली चलेको छ। गोली चल्दाँ एक जना घाइते भएको छन्। घटनामा संग्लन रहेका दुई जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बिहान ८:४५ बजे रबिन्द्र चौधरीको घरको माथिल्लो तल्लामा स्थानीय १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया बसिरहेको थिए। 

ख्याल-ख्यालमै सुशान्तले गोली चलाउँदा दिलपको पेटमा गोली लागेको प्रहरीले जनाएको छ।

गोली चलेको धेरै बेरपछि प्रहरीलाई स्थानीयले खबर गरेको थिए। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानको प्रमुख डिएसपी कुमारप्रसाद मैनाली घटनास्थल पुगेर छानबिन गरिरहेको छ। 

प्रहरीले सुशान्त र सुरजलाई नियन्त्रणमा लिएको छ। घाइते दिलिपलाई उपचारको लागि धरान पठाएको छ। 

घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.