अदालतका तहसिलदार १५ हजार घुससहित पक्राउ
गोरखा : गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसीलाई १५ हजार घुससहित अख्तियारले पक्राउ गरेको छ।
बिहिबार राति अदालत नजिकैको एक होटलमा सेवाग्राहीसँग घुस लिँदै गर्दा उनी पक्राउ परेका हुन्।
काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसित घुस लिँदै गरेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराको टोलीले पक्राउ गरेको हो। घटनास्थलको मुचुल्का गरेर केसीलाई राति नै पोखरा लगिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अदालतको काममा सेवाग्राहीलाई दुःख दिने गरेको आरोप उनीमाथि लाग्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस !