गोरखा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशभित्रकै उत्कृष्ट
गोरखा : गोरखा उद्योग वाणिज्य संघ गण्डकी प्रदेश भित्रकै उत्कृष्ट भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पाँचौ प्रदेशसभाको अवसरमा आयोजित एक कार्यक्रमका बीच गोरखालाई सम्मान गरिएको हो।
जिल्ला/नगर उद्योग वाणिज्य संघहरुमध्ये गोरखाले उत्कृष्ट कार्यसम्पादन गरेको संघका प्रदेश अध्यक्ष संजीवबहादुर कोईरालाले बताए। सो उपलक्ष्यमा संघका गोरखा जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठलाई शनिबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्माले दोसल्ला ओढाएर उत्कृष्टताको प्रमाणपत्र प्रदान गरेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिले लक्ष्मीप्रसाद त्रिपाठीको संयोजकत्वमा उत्कृष्ट छनौट समिति बनाएर जिल्ला/नगर उद्योग वाणिज्य संघहरु मध्येबाट छनौट गरेको थियो।
प्रतिक्रिया दिनुहोस !