मापसे गरेर प्रहरीमाथि आक्रमण गर्ने छोप्राकका दुई शिक्षक पक्राउ

मापसे गरेर प्रहरीमाथि आक्रमण गर्ने छोप्राकका दुई शिक्षक पक्राउ

गोरखा : ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने दुई शिक्षक पक्राउ परेका छन्।

मादक पदार्थ सेवन प्रहरीमाथि ढुंगामुढा गर्ने सिरानचोक ४ छोप्राकका शिक्षकहरु रामशरण पोखरेल र रामेश्वर पोखरेल पक्राउ परेका हुन्।

मापसे गरी मोटरसाइकल चलाएर घर जाँदै गर्दा लडेका पोखरेल दाजुभाइलाई सहयोग गर्न पुगेका प्रहरीमाथि कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

पक्राउ परेका रामशरण र रामेश्वर सहोदर दाजुभाइ हुन्। उनीहरुमध्ये रामशरण मण्डली मावि छोप्राक र रामेश्वर रत्नराज्य माविका शिक्षक रहेका प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिप्रका गोरखाले जनाएको छ।

‘शनिवार साँझ रक्सी खाएर मोटरसाइकलमा घर फर्किदै गर्दा चोरकाटे नजिकै लडेका रहेछन्’, डीएसपी लीलाराज लामिछाने भन्छन्, ‘दुर्घटना भएको थाहा पाएपछि अस्थायी प्रहरी पोष्ट चोरकाटेबाट त्यहाँ पुगेर सहयोग गर्न खोज्दा उनीहरुले ढुङ्गाले हानेका हुन्।’

ढुङ्गा प्रहारबाट प्रहरी जवान अनन्तबहादुर रोका र प्रहरी हवल्दार अर्जुनबहादुर सेन घाइते भएका छन्। रोकाको टाउको र अनुहारमा चोट लागेको छ। सख्त घाइते भएका उनको गोरखा अस्पतालमा सामान्य उपचारपछि चितवन मेडिकल कलेजमा थप उपचार भइरहेको छ। प्रहरी हवल्दार अर्जुनबहादुर सेनको अवस्था भने सामान्य छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.