एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने, उपाध्यक्षलाई संयोजनको जिम्मेवारी

एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने, उपाध्यक्षलाई संयोजनको जिम्मेवारी

काठमाडौं : नेकपा एमालेले स्थानीय निर्वाचनमा भएको अन्तर्घात, अनुशासनहीनता र अराजकताको विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए। कार्यदलका सदस्यहरूमा केन्द्रीय निर्वाचन विभागको प्रमुख तथा उपमहासचिव विष्णु रिमाल र केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारी रहनेछन्। 

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहमा पार्टीभित्र  अन्र्तघात भएको विषयमा छलफल भएको थियो।  स्थानीय तह निर्वाचनसम्बन्धी  धेरै  उजुरीहरू आएको उनले बताए। कार्यदलले उजुरीहरूमाथि छानबिन गर्ने र आवश्यक कारबाहीको सिफारिस गर्ने बैठकपछि प्रचार विभाग प्रमुख गुरुङले बताए। ‘चुनावमा भएका विभिन्न अराजक, अनुशासनहीनताका कुरा, अन्तर्घातको विषयहरू यसले छानबिन गरेर आफ्नो रिपोर्ट पेस गर्नेछ र आवश्यक कारबाही यो आफैंले गर्न सक्नेछ,’ उनले भने।

एमालेले १४ वटा विभागको सचिव मनोनित गरेको छ।  प्रचार तथा प्रकाशनको सचिवमा गगन विष्ट, संगठन विभागमा सम्झना देवकोटा, परराष्ट्र मामिलाको सचिवमा अञ्जान शाक्यलाई मनोनयन गरेको छ । वित्त तथा कोष व्यवस्थापनमा डा.भीष्म अधिकारी, उपभोक्ता हित संरक्षणमा मोहिनी खनाल, श्रम तथा रोजागारमा जनक चौधरी, संसदीय विभागमा सूर्य पाठक, सामाजिक सेवामा डा. नेत्रप्रसाद तिम्सिना ,सांस्कृतिकमा राजेश थापा ,स्थानीय तह विकासमा हर्क राई सचिव मनोनित भएका छन्। 

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोतमा पुष्पज्योति ढुंगाना, अर्थ तथा योजनामा योगेन्द्र शाही र कानुन विभागमा डिल्लीराम मैनालीलाई सचिव बनाइएको छ। बैठकले केही नयाँ विभागहरू गठन गर्ने निर्णयसमेत गरेको  छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, वन तथा वातावरण विभाग र अर्थ तथा योजना विभाग गठन गर्ने निर्णय गरेको छ। 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि नै एमालेले सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रशिक्षण कार्यक्रम संयोजनका लागि सात जना उपाध्यक्षलाई खटाउने निर्णय सचिवालय बैठकले  गरेको छ।  ‘वैचारिक तथा राजनीतिक प्रशिक्षणका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौं,’ प्रचार विभागका प्रमुख गुरुङले भने।

एमालेले प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा सुरेन्द्र पाण्डे, वाग्मती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवास नेम्वाङ, कर्णाली प्रदेशमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवालीले संयोजन गर्ने निर्णय भएको छ।

प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक प्रशिक्षण, निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, जनप्रतिनिधिहरूलाई काममा सहजीकरणको विषय, महँगीलगायत विषयमा संगठनहरूको परिचालन, प्राकृतिक विपद्मा पार्टीको स्वयंसेवी संस्थाहरूलाई तयारी अवस्थामा राख्ने, अनुशासन र लेखालगायत विषयमा पनि प्रशिक्षण दिने एमालेले निर्णय गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.