मुस्ताङको ताङ्वेमा थ्रिजी मोबाइल सेवा विस्तार

मुस्ताङको ताङ्वेमा थ्रिजी मोबाइल सेवा विस्तार

जोमसोम: मुस्ताङको ऐतिहासिक तथा सांस्कृतिक गाउँको रूपमा परिचित वारागुङ मुक्तिक्षेत्र-३ ताङ्वेमा शुक्रबारदेखि द्रुत गतिको थ्रिजी मोबाइल सेवा सञ्चालनमा आएको छ। नेपाल टेलिकम बाग्लुङ/जोमसोम र गण्डकी प्रदेशको निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ताङ्वेमा द्रुत गतिको मिनि जिएसएम अमोबाइल टावर विस्तार गरिएको हो।

यसअघि नेपाल टेलिकमले उत्तरी चीनको सीमाक्षेत्र उपल्लो मुस्ताङको छोसेरसम्म द्रुत गतिको जिएसएम मोबाइल टावर विस्तार गरी थ्रिजी सेवा सञ्चालनमा ल्याइएको थियो। वारागुङ मुक्तिक्षेत्रको ताङ्वेमा थ्रिजी मोबाइल सेवाको पहुँच पुग्न सकेको थिएन।

सो स्थान आसपासको छुसाङ, झोङ, कागबेनी र मुक्तिनाथलगायतका स्थानमा थ्रिजी टावर जडान गरिएको भएपनि ताङ्वेमा जिएसएम मोबाइल टावरको सेवा पुग्न नसक्दा त्यहाँका स्थानीयहरू मोबाइल नेटवर्कबाट बञ्चित थिए।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७८/७९ का लागि निर्वाचनक्षेत्र पूर्वाधार विकास कार्यक्रममा विनियोजन भएको ३ लाख बजेटले वारागुङको ताङ्वे र थासाङको छाक्ताङमा जिएसएम टावर विस्तारका लागि ब्याट्रि र अप्टिकल फाइबर लगायतका आवश्यक सामग्री खरिद गरी थ्रिजी मोबाइल सेवा विस्तार गरिएको गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचनले जानकारी दिए।

वारागुङको ताङ्वे र थासाङको छाक्ताङमा थ्रिजी मोबाइल सेवा विस्तार भएको सांसद गौचनले बताए। उनका अनुसार ताङ्वेमा ४८ घरधुरी र छाक्ताङमा २५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने उल्लेख गरे।

पूर्वाधार विकास कार्यालय र नेपाल टेलिकमको साझेदारीमा थ्रिजी मोबाइल सेवा संचालनमा ल्याएको नेपाल टेलिकम जोमसोमका प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए। ताङ्वे र छाक्ताङमा जिएसएम टावर विस्तारपछि भ्वाईस र मोबाइल डाटा सहज भएको छ।

मुस्ताङको ९६ वटा गाउँवस्ती मध्ये अधिकांस स्थानका गाउँमा द्रुत गतिको थ्रिजी मोवाईल सेवा विस्तार भइसकेको छ। नेपाल टेलिकम बाग्लुङका कार्यालय प्रमुख केशव शर्माका अनुसार यसअघि ताङ्वे गाउँलाई मध्यनजर गरी घिउला डाँडामा टावर राख्ने योजना रहेपनि सडक पहुँच पुग्न नसक्दा काम रोकिएको थियो।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि करिब १५ किमी उत्तरदतर्फको गाउँ ताङ्वेमा थ्रिजी मोबाइल टावर राख्न ढिलो भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.