पाल्पाका जंगलमा जताततै आगलागी : डढेलो निभाउन गएका दुईजना घाइते

पाल्पाका जंगलमा जताततै आगलागी : डढेलो निभाउन गएका दुईजना घाइते
तस्बिर : अन्नपूर्ण

तानसेन : सामुदायिक वनमा लागेको  डढेलो निभाउने क्रममा पाल्पामा दुईजना घाइते भएका छन् ।  वनमा  डढेलो निभाउने क्रममा पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ सिद्धेश्वरका ५५ वर्षीय टोपबहादुर बुढा गम्भीर घाइते भएका छन् ।  

आगोबाट जली घाइते भएका बुढाको मिशन अस्पताल तानसेनमा उपचार भइरहेको रैनादेवी छहरा–१ सिद्धेश्वरका वडाध्यक्ष सोमबहादुर दर्लामीले बताए । माथागढी गाउँपालिका–४ झडेवा जामुनडाँडामा डढेलो निभाउने क्रममा ६५ वर्षीय पूर्णबहादुर कामु मगर घाइते भएका छन् ।  

पाल्पाको सिद्धेश्वरको साउने,मोहरे क्षेत्रका सामुदायिक वनमा डढेलो लागेको छ । डडेलो बस्तीमा पसेपछि भविश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष दर्लामीले बताए । सिद्धेश्वर क्षेत्रमा लागेको डढेलो आइतबार बिहानसम्म नियन्त्रणमा आउने सकेको छैन । 

माथागढी गाउँपालिकाको झडेवा क्षेत्रमा ५ जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ । घर गोठमा लागेको डढेलो नियन्त्रणमा आए पनि उक्त जंगलमा नियन्त्रणमा आउन सकेको छैन । पाल्पाकै सिलुवामा लागेको डढेलोले दुई घर र गोठ जलेर नष्ट भएको छ । तानसेनको श्रीनगर, बतासेडाडा, वनदेवी क्षेत्र, सेतीपोखरी क्षेत्रमा शनिबार दिनभरी नै आगलागी भयो । 

पाल्पामा यो वर्ष करिब ६ सय हेक्टर भन्दा बढी जमिनमा आगलागी भएको  डिभिजन वन  कार्यालय पाल्पाले जनाएको छ ।  सुख्खायाम संगै बनजंगलमा झरेका पात पतिंङ्गरको कारण दिनहु पाल्पामा आगलागीका घटनाहरु बढ्दै गएका छन । 

पाल्पाकै बगनासकालीको चिर्तुङ्धारा,पोखराथोक,रिब्दीकोटको कुसुमखोला,पालुङमैनादी, रिब्दीकोट जंगल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, कचलमा पनि आगलागी भएको छ ।  रैनादेवी छहरा गाउँपालिकाको जुठापौवा, सत्यवती, बल्ढेङगढी क्षेत्रको वनमा डढेलो लागेको छ  । डिभिजन वन कार्यालय पाल्पाले चैत्रको पहिलो हप्ताभरी आगलागी घटना सचेतना अभियाना, अग्नी रेखा निर्माण कार्यक्रम चलाएको थियो । चैत्र महिनामा आगलागीका घटना नभएपनि बैशाख लागेपछी पाल्पामा आगलागीका घटनामा बृद्धि हुदै गएको छ । 

पाल्पामा दैनिक आठ दश स्थान सम्म आगलागीका घटना हुने गरेका छन, हरेक आगलागी स्थान बाट प्रहरी लाई खवर आउछ, प्रहरीले सबैसँग समन्वय गरेर आगलागी नियन्त्रणको लागि काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।

मानवीय बस्ती, पशु चौपाया तथा मानिसको जिउ धन लाई प्राथमिकतामा राखेर आगो नियन्त्रणको काममा प्रहरीले समन्वय गर्दै आएको सूचना अधिकारी श्रेष्ठले बताए । जिल्लाभरीमा एउटा मात्र दमकल छ, आगलागी नियन्त्रण गर्ने प्रयाप्त श्रोत साधन छैन, जसको कारण समयमै आगालागी नियन्त्रण गर्न कठिन हुँदै आएको सूचना अधिकारी श्रेष्ठले बताए । 

मानिसको गतल धराणा र सोचाइको कारण आगलागीका घटनाहरु वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.