‘सरकारले लुट्यो देशको ढुकुटी’

‘सरकारले लुट्यो देशको ढुकुटी’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको ढुकुटीभित्रै पसेर लुटेको आरोप लगाएका छन्। केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै उनले व्यापारीका प्रतिनिधि ल्याएर उनीहरूको आधारमा करका दर र अन्तःशुल्क तय गरिएको बताए।

‘खुलेआम देशको ढुकुटीभित्रै पसेर लुट्ने यस्तो सरकार विश्वमा अन्यत्र छ’, उनले भने, ‘कमसेकम चोरले पनि झ्यालढोका फोडेर चोर्छ। यो सरकारले त साँचोले खोेलेरै लुट्यो। हद होइन यो ?’ उनले यो सरकारको काम सकिएको भन्दै अविलम्ब हट्नुपर्ने बताए। ‘यिनीहरूको ठाउँमा सद्दे मान्छे कोही भए मैन पग्लेझैं पग्लिन्थे। तर यिनीहरू त त्यही अनुहार देखाएर ठिङ्ठिङ्ती हिँडिरहेका छन्। भाषण गरिरहेका छन्। सरकार हुँ भन्न लाज हुँदैन ?’ उनले यो सरकार मानेर चल्न नसकिने भन्दै आफैं नहटे जनताले टिपेर मिल्काउनुपर्ने बताए।

ओलीले पार्टीका विभागीय कामहरूलाई सक्रियतापूर्वक अघि बढाउन निर्देशन  दिएका छन्। अध्यक्ष ओलीले निर्वाचनअघिका चार महिना पार्टीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको स्मरण गराउँदै निर्वाचनमा बन्ने कथित गठबन्धनलाई पराजित गर्न अहिलेदेखि नै योजनाबद्ध रूपमा लाग्नुपर्नेमा  बताए। ‘निर्वाचनको संघारमा छौं। हाम्रा विरुद्धमा अनेक रूपका शक्ति लागेका छन्। यस्तो बेलामा पनि हामीले स्थानीय निर्वाचनमा ३८ लाख मत प्राप्त गरेर पहिलो शक्ति भएका छौं’, उनले भने, ‘यस निर्वाचनमा हाम्रो हार भएको छैन– २ सय ५ स्थानमा जितेका छौं, पहिलो शक्ति भएका छौं। हारको हीन भावनाबाट होइन, जितको उच्च मनोबलका साथ निर्वाचनमा होमिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.