बुढीगंगा नगरपालिकामा निर्वाचन  : १० वडामध्ये ७ एमाले, ३ मा कांग्रेस विजयी

बुढीगंगा नगरपालिकामा निर्वाचन  : १० वडामध्ये ७ एमाले, ३ मा कांग्रेस विजयी

बाजुरा : बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

नगर प्रमुखमा रामबहादुर बानियाँ र नगर उप-प्रमुखमा माया कुमारी खड्का (कुवँर) विजयी भएका हुन्।

दुवैजनाले गठबन्धनका उम्मेदवारलाई हराउँदै नगर प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् ।

 नगर प्रमुखका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन् भने उपप्रमुख कुवँरले ४ हजार ७ सय २७ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। 

 उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगर प्रमुख रङ्गबहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याए पराजित भए । कांग्रेसका उपप्रमुखकी उम्मेदवार रिता शाहीले ३ हजार ७ सय ५५ मत प्राप्त गरिन्।

विजयी नगरप्रमुख बाँनिया र उपप्रमुख कुँवर २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही पदमा कांग्रेससँगै पराजय भएका थिए ।

यसपटक कांग्रेसले दुबै पदमा नयाँ अनुहारलाई टिकट दिएको थियो भने एमालेले २०७४ सालका उम्मेदवारलाई टिकट दिएको थिए । 

१० वडा रहेको बुढीगंगा नगरपालिकामा ७ वडामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार विजयी भएका छन् । 

नेपाली कांग्रेस भने ३ वडामा सिमित भएको छ । वडा १, २, ३, ५, ६, ९ र १०  मा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । वडा नम्बर ४, ७ र ८ मा नेपाली कांग्रेस विजयी भएको हो । २०७४ मा ६ वडा जितेको एमालेले यस पटक भने ७ वडा जितेको हो।

बुढीगंगा नगरपालिकमा एमालेबाट वडा नम्बर- १ मा रणबहादुर थापा, २- मा पदमबहादुर भण्डारी, ३ मा खडकबहादुर अधिकारी विजयी भएका छन् । यस्तै, ५ मा चक्रबहादुर थापा, ६ मा हेमराज जैशी, ९ मिनबहादुर सिंह र १० मा दलबहादुर साउँद  विजयी भएका छन् । 

त्यस्तै, ४- मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मीनबहादुर शाह, ७ -मा भुवनसिहं केसी र  ८- मा रमेशबहादुर रावल विजयी भएका छन् । 

बुढीगंगामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कूल मतदाताको ६६.८३ प्रतिशत अर्थात् ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए। ।

बैशाख ३० गते भएको निर्वाचनमा भने ७५.५८ प्रतिशत मत खसेको थियो । पछि विवादका कारण निर्वाचन स्थगित भएको  थियो।

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए । 

बैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन: मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । 

त्यतिबेला १० वडामध्ये ६ वडामा विवाद भएको थियो । वडा नं. २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान निस्पक्ष नभएको भन्दै स्थानीयले विरोध जनाएका थिए।

२, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गराएका थिए । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए । 

नगरपालिकाको वडा नम्बर ४ मा भने बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो । एमालेले कब्जा गरेको भनिएका २, ३, ५ र ९ मा प्रहरीले मतेपटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए ।

बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेको थियो। निर्वाचन आयोगले चुनावस्थित गरेर पुन: निर्वाचन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.