बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गते हुने

बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गते हुने

बाजुरा : बुढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गतेका लागि तोकिएको छ। 

७५३ वटा स्थानीय निकायमध्ये बाजुराको बुढीगंगा बिहीबार बसेको सर्वदलीय बैठले असार २३  गते निर्वाचन गर्न सहमत भएका हुन्।

यसअघि नगरपालिकामा निर्वाचनमा धाँधली भएको भन्दै स्थगित गरिएको थियो। 

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा नेकपा एमालेले वडा नम्बर २,३,५ र ९ मा बुथ कब्जा गरेको, कांग्रेसले वडा नम्बर ४  मा अध्यधिक मतदान गरेको र वडा नम्बर सातमा बुथ कब्जा गरेको आरोप लागेको थियो।

नेकपा एमालेले धाँधली गरेका वडाहरूबाट सुरक्षाकर्मी फिर्ता भएका थिए। 

उक्त धाँधलीलाई लिएर जिल्ला सुरक्षा समितिले बुढीगंगा नगरपालिका पुरै निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो । 

निर्वाचन आयोगले स्थलगत अनुगमन गर्दै निर्वाचन सम्पन्न भएको १४ औं दिनपछि पुन: निर्वाचन गर्न,सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई तीन दिनभित्र परिवर्तन गरिसक्न गृहमन्त्रालयलाई निर्देशन दिएको थियो।

नेपाली कांग्रेसबाट नगरप्रमुखका लागि रंगबहादुर खाति,उपमेयरमा रिता शाही र  एमालेबाट नगरप्रमुखमा राम बहादुर बानियाँ र उपप्रमुखमा माया कुँवरले उम्मेदवारी दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.