अवैध रुपमा जडिबुटी ओसारपसार गर्दै गरेको अवस्थामा व्यवसायी पक्राउ
गोरखा : अवैध रुपमा जडिबुटी ओसारपसार गर्दै गरेको अवस्थामा एकजना व्यवसायी पक्राउ गरेका छन्।
संकलन तथा छुट पूर्जीबिना जडिबुटी ओसारपसार गरिरहेका धार्चे ५ यमगाउँका सुकबहादुर गुरुङलाई शनिबार अपरान्ह तीन बजे आरुघाटको बगैँचा टोलबाट पक्राउ गरिएको एसपी केदार खनालले जानकारी दिए।
उनको साथबाट १६ बोरा (करिब २९५ किलोग्राम) सेतक चिनी, दुईबोरा (४६ किलोग्राम) वनलसुन र दुईबोरा (४२ किलोग्राम) सतुवा र सो जडिबुटी ढुवानीका लागि प्रयोग गरिएको बागमती प्रदेश ०१–०२६ च ८०८२ नंबरको जीप बरामद गरिएको उनले बताए।
जडिबुटी खोसारपसार गर्ने व्यवसायी गुरुङसित आवश्यक कागजात नभएकाले पक्राउ गरिएको एसपी खनालले बताए। जडिबुटी र व्यवसायी गुरुङलाई सोमबार वन डिभिजन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !