तिब्बत जोड्ने सडकको १८ किलोमिटर खण्ड सेनाले हस्तान्तरण गर्‍यो

तिब्बत जोड्ने सडकको १८ किलोमिटर खण्ड सेनाले हस्तान्तरण गर्‍यो

गोरखा : नेपाली सेनाले निर्माण गरेको विगत पाँच वर्षदेखि निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडकको १८ किलोमिटर खण्ड सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ।

सोमबार एक कार्यक्रम गरी नेपाली सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञावलीलाई हस्तान्तरण गरेका हुन्।

धार्चे गाउँपालिका वडा नम्बर ७ हावाडाँडादेखि सोही पालिकाको वडा नम्बर ३ दोभानसम्मको उक्त खण्ड सोमवार आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको मेजर भट्टले बताए।

सेनाले अहिलेसम्म हावाडाँडादेखि पाङसिङसम्मको ३२ दशमलव पाँच किलोमिटर सडकको ट्रयाक खोलेको छ। ‘१८ किलोमिटर सडकमा अहिले मोटर कुद्ने भएको छ। त्यहाँदेखि माथिको खण्डमा ग्रेड मिलाउनुपर्ने, केही काम बाँकी छ’, प्राविधिक सेनानी भट्टले भने, ‘यो पनि छिटो काम सकेर हामी हस्तान्तरणको प्रक्रियामा जानेछौं।’

कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले उक्त खण्ड नियमित सवारी साधन चल्ने बनाउन सडक आयोजना कार्यालयको ध्यानाकर्षण गराए। साथै उनले उक्त सडक लार्के भञ्ज्याङसम्म जोडिँदा उत्तरी गोरखाका जनताका लागि सुविधा हुने हुँदा छिटो निर्माण गर्नुपर्नेमा जोड दिए।

भौगोलिक बिकटता रहेको क्षेत्रमा धेरै समस्याका बीच पनि सेनाले सडक निर्माण गर्न सफल भएको उनले बताए।

हावाडाँडादेखि लार्के भञ्ज्याङसम्मको ९२ किलोमिटर मध्ये अझै ७४ किलोमिटर सडक सेनाले हस्तान्तरण गर्न बाँकी छ। १४ दशमलव पाँच किलोमिटर सडकको ट्रयाक खोलिसकिएको र करिब ६० किलोमिटर सडकको ट्रयाक खोलिएको छैन।

सहज रुपमा सवारी साधन आउजाउ गर्न मिल्ने भएको र स्थानीयको मागका आधारमा पनि सेनाले निर्माण पूरा भएको १८ किलोमिटर सडक हस्तान्तरण गरेको जनाएको छ।

सो सडक पृथ्वीराजमार्गको बेनिघाटदेखि तिब्बतको रुईला भञ्ज्याङ जोड्ने सडक हो। सो सडक निर्माण सम्पन्न नहुँदा गोरखाको चुमनुब्री गाउँपालिकामा अझै गाडी पुग्न सकेको छैन।

‘सडकको ट्रयाकले चुमनुब्री गाउँपालिकालाई छोएको छ। मंसीरसम्म हामी सिर्दिबासमा गाडी पु¥याउने योजनामा छौँ’, सेनाका प्राविधिक सेनानी बिनोद भट्टले भने। अहिले बिभिन्न तीनवटा क्याम्पमा रहेर करिब एक सय ५० जनाले काम गरिरहेका छन् ।

बेनिघाट-आरुघाट-आर्खेत सडक निर्माणको काम २०५२ सालदेखि सुरु भएको हो। २०६३-६४ मा बेनीघाट-लार्केभञ्ज्याङ सडक नामाकरण गरी सडक निर्माणको काम सुरु भएको थियो। २०६६-०६७ सालदेखि सडक आयोजना कार्यालयले निर्माणको काम सुरु गरेको थियो। सडक विभागले २०७४ सालदेखि हावाडाँडादेखि लार्केसम्मको निर्माणको काम जिम्मा लिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.