गोरखामा पहिरोले श्यामचेतका १२ घर पुर्‍यो, ४० परिवार विस्थापित

गोरखामा पहिरोले श्यामचेतका १२ घर पुर्‍यो, ४० परिवार विस्थापित

गोरखा : गाउँ माथिबाट आएको पहिरोले आरुघाट गाउँपालिका- १ श्यामचेतका १२ घर पुरेको छ।

बुधबार दिनभर परेको अबिरल वर्षापछि साँझ छ बजेतिर आएको पहिरोले अरु ४० घर जोखिममा पारेको वडाध्यक्ष सूर्य घलेले जानकारी दिए। घरहरु पुरिएपछि स्थानीय विस्थापित भई नजिकको चौरमा पाल टाँगेर बसेका छन्। उनीहरुलाई ओत लाग्ने तथा खाद्यान्न सामग्री लिएर जाँदै गरेको उनले बताए।

गाउँको दायाँबायाँ र बीचबाट पहिरो झरेपछि स्थानीय मनबहादुर लामाको घर बगाएर लगेको छ। केशबहादुर लामा, नरबहादुर लामा, भक्तबहादुर लामा, देउमाया लामाको घर पहिरोले पुरेको स्थानीय कुमार लामाले जानकारी दिए।

त्यस्तै पहिरोले मनबहादुर लामा(क), मनबहादुर लामा(ख), गोरे लामा, काजी लामा, फूलबहादुर लामा, सागर लामाको घर पनि पहिरोले पुरेको उनले बताए।

‘भागाभाग भयो। मान्छे त केही हुन पाएनन्’, उनले भने, ‘पशुचौपाया सबै गाउँभित्रै पुरिएका छन्। के कति क्षति भयो थाहा छैन।’ गाउँको दायाँबाया र बीचबाट पहिरो झरेको उनले बताए।

घटनास्थलमा अध्यक्ष राजु गुरुङ, वडा नं. १ को अध्यक्ष सूर्य घले, इलाका प्रहरी कार्यालयका निरीक्षक रामजी देवकोटाको नेतृत्वको टोली, सशस्त्र प्रहरीको टोली, वडा नं. २, ३ का अध्यक्षहरु त्यसतर्फ गएको वडाध्यक्ष घलेले बताए। ‘कार्यपालिकाको बैठक हुँदा हुँदै श्यामचेत गाउँमा बाढीले पुरियो भन्ने खबर आयो’, उनले भने, त्यसपछि हामी बैठक नबसी खाद्यान्न र ओत लाग्ने सामग्री लिएर त्यसतर्फ जाँदैछौँ।’

सो ठाउँमा २०७५ सालदेखि पहिरो जान थालेको हो। पहिरो रोकथाम भइरहेको थियो। रोकथाम गर्न बाँकी रहेको ठाउँबाट पहिरो झरेको स्थानीय कुमार लामाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.