कांग्रेसको अस्तित्व नै समाप्त हुने कालखण्ड आउने खतरा छ : शेखर कोइराला

कांग्रेसको अस्तित्व नै समाप्त हुने कालखण्ड आउने खतरा छ : शेखर कोइराला

नवलपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेताहरु नसच्चिने हो भने देश श्रीलंकाको अवस्थामा पुग्न बेर नलाग्ने बताएका छन्। नेतृत्व तहले खाली श्रीलंकाको खतरा देखाउने मात्रै गरेको बताउँदै उनीहरु गम्भीर नभएको कारण मुलुक अत्यन्त अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको बताए।

नवलपुरको गैडाकोटमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै कांग्रेस नेता डा. कोइरालाले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन, पारदर्शिता अपनाएमात्रै श्रीलंकाको अवस्थामा जानबाट रोक्न सकिने बताए। नेपाल श्रीलंका हुन्छ कि भनेर आम नेपालीमा चिन्ता बढेको उनले सुनाए। ‘सबै दलका नेताहरुले नेपाल श्रीलंका हुन्छमात्रै भन्नु हुन्छ। नेतृत्वपंक्ति मिलेर बुझ पचाएको हो कि?’ उनले प्रश्न गरे, ‘सुशासन, पारदर्शिता अपनाउँछौ भन्न किन सक्नु हुन्न? नेताले जाने देशमा परिवर्तन ल्याउन सक्छौं।’

डा. कोइरालाले भरतपुर असपतालका मेसु डाक्टर कृष्णप्रसाद पौडेलको पुस्तक ‘लय छुटेको समय’  विमोचन गरेका थिए।

कार्यक्रममा सम्बोधनका क्रममा कोइरालाले आगामी निर्वाचनमा कांग्रेससँग विचारमा मेल खाने पार्टीसँगमात्रै तालमेल हुने बताए। ‘जुन शक्तिसँग राष्ट्रियता, प्रजातन्त्र र समाजवादीको बारेमा हाम्रो मेल खान्छ उसैसँग तालेमल गर्नपर्छ,’ कोइरालाले भने, ‘कांग्रेसको विचार र सिद्धान्तलाई कमजोर नपारी कमभन्दा कम क्षति हुनेगरी अघि बढ्नुपर्छ।’

कोइरालाले नेपाली कांग्रेसको अस्तित्व नै समाप्त हुने कालखण्ड आउने खतरा रहेको भन्दै त्यसका लागि आफूहरु लडेको बताए। ‘नेतृत्वलाई गलत बाटोमा जान नदिन खबरदारी गरेका छौं,’ उनले भने, ‘कसैलाई काखा र कसैलाई पाखा नगर्न आग्रह गरेका हौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.