नेताहरू भन्छन्, ‘प्रचण्डको छैन भर’

नेताहरू भन्छन्, ‘प्रचण्डको छैन भर’

काठमाडौं : सत्ता गठबन्धनभित्रै लफडा थियो, एमसीसी संसद्बाट पारित गर्ने कि नगर्ने ? प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा लैजाने निर्णय गरेपछि माओवादी केन्द्रले निर्णय गर्‍यो, ‘बरु सत्ता छोडने, एमसीसी पारित नगर्ने।’ माओवादीको यो निर्णयपछि देउवाले एमालेसँग सम्बन्ध बढाए। धेरैको अनुमान थियो– अब एमाले र कांग्रेस मिल्छन्।’ तर त्यस्तो भएन। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘लोक’लाई देखाउन पार्टीमा एउटा निर्णय गरे, भित्रभित्रै कांग्रेससँगै मिल्ने वातावरण बनाए। यसैकारण, पार्टीको निर्णयविपरीत एमसीसीकै पक्षमा माओवादीले भोट हाल्यो। न सत्ता छोड्यो, न त गठबन्धनबाट अलग भयो। बरु, स्थानीय तह निर्वाचनबाट त्यसको फाइदा उठायो। 

बाहिर ५ दलीय गठबन्धन भने पनि भित्रभित्र माओवादीले आफूलाई मुख्य ‘स्टक होल्डर’ बनाएर कांग्रेसबाट दह्रै भाग लिएको गठबन्धनका अरू दलका नेताहरूको तीव्र असन्तुष्टि थियो। स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादी, जसपा र जनमोर्चालाई गठबन्धनभित्र पनि ‘रहलपहल’ ठाउँमा मात्रै भाग दिइयो। 

कांग्रेस र माओवादीबीच ‘मुख्य–मुख्य’ गठबन्धन भयो। जसपा र समाजवादीलाई धेरै ठाउँमा गठबन्धनमा सहभागी हुने अवसर नै दिइएन। ‘माओवादीले कांग्रेससँग सेटिङ गर्‍यो,’ जसपा नेता डा. बाबुराम भट्टराईले सार्वजनिक कार्यक्रममै भनेका थिए, ‘गठबन्धनको भावनाअनुसार अरू दललाई सम्मान नै गरिएन।’ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रचण्डले कोसँग गठबन्धन गर्छन् भन्नेमा अहिल्यै विश्वस्त हुने ठाउँ नरहेको कांग्रेसका नेताहरू बताउँछन्।

‘प्रचण्डजीको बोलीको ठेगान नै छैन,’ कांग्रेसका एक नेताले भने, ‘प्रचण्डजी अहिलेसम्म त ५ दलीय गठबन्धनकै पक्षमा हुनुहुन्छ। तर, आफ्नो सुविधाअनुसार कुनै पनि बेला उहाँ युटर्न हुन सक्नुहुन्छ।’

स्थानीय तह निर्वाचनबाट माओवादीले राम्रो सफलता पाएपछि प्रचण्डको बोली नै फेरिएको कांग्रेसका ती नेताले बताए। त्यसैकारण, प्रचण्डले कांग्रेसलाई ठेगान लगाउने ‘चेतावनी’ दिएको कांग्रेसका ती नेताले भने। 

‘हिजो एमालेलाई ठेगान लगाइयो, अब कांग्रेसलाई ठेगान लगाउनु नपरोस्’ प्रचण्डको खुलेआम धम्की थियो। त्यसयता प्रचण्ड कहिले वामगठबन्धन त कहिले वाम–लोकतान्त्रिक गठबन्धन भन्दै ‘दुवैतिर च्याँखे दाउ’ थाप्दैछन्। कोसँग मिल्दा ठूलो भाग र सुरक्षित भइन्छ, प्रचण्ड त्यसको ‘जोखाना’ हेरिरहेका छन्।

स्थानीय तह निर्वाचनमा भएको गठबन्धनप्रति ५ दलकै नेताहरू सन्तुष्ट छैनन्। मुख्य गरी कांग्रेस र माओवादीबीच मात्रै गठबन्धन भएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आफ्नो दललाई ‘सम्मानजनक स्थान’ नदिइएको गुनासो पोखेका थिए। तर, त्यसकै आधारमा मात्रै आगामी गठबन्धन बन्ने/नबन्ने भन्ने निर्क्यौल नहुने नेताहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.