विश्व किर्तीमानी 'गजरकोटे' सम्मानित

विश्व किर्तीमानी 'गजरकोटे' सम्मानित

सोलुखुम्बु : 'द हाइयष्ट म्यूजिक भिडियो अन ल्याण्ड' विधामा विश्व किर्तिमान राख्न सफल शिखरजंग श्रेष्ठ (गजरकोटे) सम्मानित भएका छन्। 

काठमाडौं तालिम केन्द्र (केटिसी) को २० औँ वार्षिक उत्सवको अवसरमा 'गिनिज बुक अफ वल्ड रेकर्ड' मा नाम लेखाएका गजरकोटेलाई शनिबार सम्मान गरिएको हो।  

उनलाई श्रम मन्त्री शेर बहादुर कुँवर, संघीय सांसद आशा विकलगायतको उपस्थितिमा सम्मान-पत्र प्रदान गरिएको केटिसीले जनाएको छ। 

किर्तीमानी कलाकर्मी गजरकोटे सोलुखुम्बुको पत्रकारितामा पनि दशकदेखि सक्रिय छन्। 

गजरकोटेसहितका पाँच नेपाली युवाहरुले पाँच हजार २० मिटरको उचाइमा गीत रेकर्ड तथा भिडियो छायांकन गरेर विश्व रेकर्ड कायम गरेका थिए। 

सोलुखुम्बुको खारे (मेरा पिकजाने बाटो) मा पुगेर छायाङ्कन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएको हो। 

'सुन्दर हिमाल' बोलको गीत बुद्धिराज राई (दुर्लभ जन्तरे) ले लेखेका हुन् भने गीतमा डिआर अटुको सङ्गीत र टेक नाछिरिङको स्वर रहेको छ। कोरस गायनमा माया गुरुङ र शिखरजंग श्रेष्ठ (गजरकोटे) ले साथ दिएका छन्। 

स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बर सिंह राई र किबोर्ड टेक नाछिरिङले बजाएका छन्। 

रेकडिस्टको भूमिका शिखरजंग श्रेष्ठ (गजरकोटे) ले निर्वाह गरेका छन्। गीत रेकर्डिङ र भिडियो छायाङ्कनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.