पाल्पामा बस दुर्घटना : घाइतेको उद्धार हुँदै

पाल्पामा बस दुर्घटना : घाइतेको उद्धार हुँदै

तानसेन : पाल्पामा आइतबार अपरान्ह बस दुर्घटनामा परेको छ। 

गुल्मीको मजुवाबाट बुटवल तर्फ हिँडेको लु १ ख ५९५२ नम्वरको बस रिव्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवा पाल्पामा दुर्घटना भएको हो। 

अपरान्ह साढे ४ बजेको समयमा दुर्घटना भएको बस सडकबाट करिब १ सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ। 

अहिले घटनास्थलमा जिल्लाबाट खटिएको प्रहरी, हार्थाक र अर्गली प्रहरी चौकी बाट खटिएको प्रहरी र स्थानीयवासीहरु उद्धारमा जुटेका छन्। 

बस सडकको डिल भासिएर दुर्घटना भएको स्थानीयवासी विश्व कार्कीले बताए। 

घटनास्थलमा घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम भइरहेको र घटनास्थमा खोजी कार्यभइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए। 

घटनास्थलमा केही व्यक्तिको मृत्यु भएको स्थानीयवासीले बताए पनि प्रहरीले घटनाको पुष्टि गरेको छैन। थप विवरण आउन बाँकी रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.