बजेट चलखेल प्रकरण : सीसीटीभीको हार्डडिस्क संसदीय समितिमा आइपुग्यो, फरेन्सिक रिपोर्ट आज हेरिँदै

बजेट चलखेल प्रकरण : सीसीटीभीको हार्डडिस्क संसदीय समितिमा आइपुग्यो, फरेन्सिक रिपोर्ट आज हेरिँदै

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको प्रवेशबाट बजेट बनाएको आरोपमा गठित संसदीय विशेष छानविन समितिले फरेन्सिक ल्याबबाट प्राप्त भएको सीसीटीभीको हार्डडिक्सलाई आज हेर्दैछ। संसदीय विशेष छानबिन समितिले साउन ४ गते पठाएको उक्त हार्डडिक्स सोमबार नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालाबाट प्राप्त भएको हो। ६ दिनको दिनमा ल्याबले हार्डडिक्स फिर्ता गरेको छ।

समितिको सोमबार बसेको बैठक सकिएपछि फरेन्सिक ल्याबबाट लाहाछापसहित शिलबन्दी गरेको हार्डडिस्क प्राप्त भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। ‘ल्याबबाट शिलबन्दी भएका हार्डडिस्क सोमबार ढिला आइपुग्यो। यसको रिपोर्ट पनि खामबन्दी छ। अब मंगलबार बिहान ८ बजेदेखि शुरु हुने बैठकमा खोल्नेछौं। यसपछि जेठ १४ गतेको फुटेज रिकभर भए नभएको थाहा होला।,’ सचिव अर्यालले भने ,‘ल्याबबाट जिम्मेवारी कर्मचारीलाई पठाउन मात्रै भनेको थियो। रिपोर्ट के आयो त्यसबारे भनिएन। अब बैठकमै थाहा हुन्छ। ’

समिति सचिव अर्यालकाअनुसार विषयहरु गम्भीर रुपमा प्रवेश गरेको छ, छलफल भइरहेको छ तर अझै निष्कर्ष केहि निक्लिएको छैन। ‘बैठकमा हालसम्म प्राप्त सुझावलाई आधार मानेर अनुसन्धानको दायरा कति विस्तार गर्ने र कतिमा सिमित राख्ने भन्ने कुराको छलफल भएको छ। यसमा टुङ्गो लाग्न सकेको छैन,’ उनले थपे। समितिले आइतबार गृह मन्त्रालयसँग जेठ १४ र १५ गतेको सिंहदरबारको मुल गेट दक्षिण र पश्चिमद्वारको सीसीटीभी फुटेज माग गरेको थियो।

विशेष छानविन समितिले काम सुरु गरेको १० दिन बितिसक्दा पनि प्रमाण जुटाउन नसकेपछि असार २८ गते सदनमा समय थपको माग गरेको थियो। समितिबाट सिफारिस भएर आए अनुसार सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा ७ दिन म्याद थप्न प्रस्ताव गरेपछि सदनले अनुमोदन गरेको थियो। जबकी तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकै दिन असार २२ गते छानबिन समिति गठन गरिएको थियो। समितिले असार २८ मा काम थालेको थियो। 

कल डिटेल र लोकेसन हेर्न सत्तारुढ दलको अवरोध

सत्तारुढ दलका समितिकै सदस्यहरुमा शर्माको कल डिटेल र लोकेसन ट्रयाकिङ लिने विषयमा विवाद भएको छ। एमालेबाट समितिमा रहेका सदस्यहरुले कल डिटेल र लोकेसन ट्रयाकिङको प्रस्ताव गरेर तर सत्तारुढ दलका मानबहादुर विश्वकर्मा र देव गुरुङले भने यसमा असहमति जनाए।

सत्तारुढ दलबाट सहभागी समितिका सदस्य यो विषय ढाकछोप गर्न नै लागेका छन्। कल डिटेल र लोकेसन ट्रयाक गर्दा यथार्थ बाहिर आउने भएपछि तत्कालिन मन्त्री शर्माका पार्टी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसतर्फ समितिले सदस्यहरु झक्किएका छन्। बयान र सीसीटीभी फुटेजको विषयमा नै अल्झाएर समय खेर फाल्न लागिरहेका छन्।

समिति सदस्य खगराज अधिकारीले छानविन टुंगो पुग्नको लागि कल डिटेल नै प्रमुख रहेको बताइरहेका छन् तर सत्तारुढ दलका तर्फबाट समितिमा रहेका सदस्यहरु भने यो विषयमा प्रवेश नगरी यो घटनालाई ‘ढिसमिस’पारेर सक्न खोजिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.