बजेटभन्दा बढी व्यापारघाटा

बजेटभन्दा बढी व्यापारघाटा

काठमाडौं : नेपालको वार्षिक बजेटभन्दा बढी व्यापारघाटा भएको छ। सरकारले गत वर्ष १६ खर्ब ३२ अर्बको बजेट ल्याएकोमा १७ खर्ब भन्दा बढी व्यापारघाटा भएको छ। स्वदेशमा उत्पादन हुन नसक्दा व्यापारघाटा बर्सेनि बढ्दै गएको छ। निजी क्षेत्र तथा सहकारीले उत्पादनमा ध्यान दिन नसक्दा बजेटभन्दा बढी व्यापार घाटा भएको हो। 

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा २०७८/०७९ मा व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष १३ खर्ब ९८ अर्ब ७१ करोडले व्यापार घाटा भएको थियो।  

नेपालको अर्थतन्त्र आयातीत छ। स्वदेशमा सम्भावना रहेका वस्तुहरू आयात भइरहेका छन्। निजी क्षेत्रले ‘इजी मनी’ खोज्नाले अधिकांश उद्योगी उद्योग खोल्न छोडेर आयातीत सामानको बिक्रीमै रमाइरहेका छन्। सहकारीले पनि उत्पादनमा योगदान दिन नसक्दा उपभोग्य वस्तु बाहिरबाटै ल्याउने गरिएको जानकारहरू बताउँछन्। 

अर्थविद् ज्ञानेन्द्र अधिकारीले पछिल्लो समयमा आयातको ग्राफ बढ्दै गएको बताउँछन्। अघिल्लो वर्षको तुलनामा आयातमा कडाइ गरेपनि विदेशी मुद्रा बाहिरिने क्रम नरोकिएको उनले बताए। नेपालीमा उद्यमशीलता हराउँदै गएको उनको भनाइ छ। ‘हामी व्यापारमुखी हुँदा परनिर्भर हुँदै गएका छौं’, अधिकारी भन्छन्, ‘व्यापार घाटा घटाउन उत्पादन बढाउनुको विकल्प छैन।’  

विभागका अनुसार गत वर्ष १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको छ। यो गत वर्षको तुलनामा २४.७२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँको आयात भएको थियो। 
विभागका अनुसार गत आवमा २१ खर्ब २० अर्ब ४७ करोडको प्रत्यक्ष वैदेशिक व्यापार भएको छ। यो अघिल्लो वर्षको तुलनामा २६.१५ प्रतिशतले बढी हो। नेपालले गत वर्ष २ खर्बको को निर्यात गरेको छ। गत वर्षको तुलनामा यो ४१ प्रतिशतले बढी हो। गत वर्ष १ खर्ब ४१ अर्बको आयात भएको थियो। 

नेपालको आयात/निर्यातको सन्तुलन टिकाउ हुन नसकेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए। निर्यातको तुलनामा आयात अत्यधिक हुँदा व्यापार घाटा उच्च हुँदै गएको छ। 
आर्थिक नीति सफल हुन नसक्दा उत्पादन बढ्न नसकेको र निजी क्षेत्रमैत्री सरकार नहुँदा आयात भएको थापा बताउँछन्। 

‘गम्भीर किसिमको आत्मसमीक्षा गर्नैपर्छ’ थापा भन्छन्, ‘कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्नुपर्छ।’ कृषि कर्जा दुरुपयोग भएर घरघडेरीमा जाँदा व्यापार घाटा बढाएको थापा दाबी गर्छन्। 
भन्सार विभागका अनुसार पेट्रोलियम पदार्थ खरिदमा ३ खर्ब २० अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको छ। कृषि तथा कृषिजन्य वस्तु खरिदमा ३ खर्ब ५० अर्ब रुपैयाँ बाहिरिएको छ। राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापाका अनुसार कृषिमा प्राथमिकता दिन सके व्यापार घाटा कम गर्न सकिन्छ। ‘आयात प्रतिस्थापन गर्दै निर्यात गर्न सके व्यापार घाटा कम गर्न सकिन्छ’, थापा भन्छन्, ‘निजी क्षेत्रमैत्री कानुन ल्याएर प्रशासनिक सुधारमा ध्यान दिनुपर्छ।’ 

बढ्दो मूल्यवृद्धिका कारण पेट्रोलको खपत बढेको छ। यसका साथै दैनिक उपयभोग्य वस्तुमा उपयोग बढी भएका कारण आयात उच्च हुँदै गएको छ। १ खर्ब १३ अर्बबराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल आयात भएको छ। त्यस्तै ५२ अर्बबराबरको मोबाइल र ल्यापटप, ४८ अर्बको सुन–चाँदी र रु ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ।

निर्यातमा पनि आयातकै हिस्सा छ। भटमास र पाम आयलको तेल आयात भएर निर्यात हुने गरेको छ। निर्यातमा यस्तो हिस्सा उच्च छ। यसबाट नेपाललाई खासै लाभ नभएको जानकारहरू बताउँछन्। 
विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विश्वका १ सय ६४ देशबाट आयात  भएको छ। सबैभन्दा धेरै आयात भारतबाट भएको छ। भारतबाट मात्रै  १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको आयात भएको छ। भारतमा १खर्ब ५५ अर्ब २२ करोडबराबरको निर्यात भएको छ। भारतसँग मात्रै १० खर्ब ४४ अर्ब ९३ करोडको भन्दाको व्यापार घाटा भएको छ। 

भारतपछि धेरै आयात चीनबाट भएको छ। चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोडबराबरको आयात हुँदा ८० करोड ८७ लाखको निर्यात भएको छ। चीनसँगमात्रै २ खर्ब ६३ अर्ब ९७ करोडबराबरको व्यापार घाटा भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.