नागरिकता विधेयकको विरोध गर्नु साम्प्रदायिक सोच हो : बिमलेन्द्र निधि

नागरिकता विधेयकको विरोध गर्नु साम्प्रदायिक सोच हो : बिमलेन्द्र निधि

मलंगवा : प्रतिनिधि सभा संसदबाट बहुमतले पारित भएको नागरिकता विधेयकको विरोध गर्नु साम्प्रदायिक मानसिकता भएको नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले बताएका छन्। 

नेपाल प्रेस युनियन सर्लाही शाखाले हरिवनमा आयोजना गरेको पत्रकार सम्मलेनमा नेता निधिले नागरिकता विधेयक बहुमतले दुवै सदनबाट पास गर्नुपर्ने बताएका छन्। नेता निधि कांग्रेस नेता धिरेन्द्र श्रेष्ठको श्रद्धाञ्जली सभामा सहभागी हुन बिहीबार सर्लाही आएका हुन्। 

'प्रतिनिधि सभाले नागरिकता विधेयक बहुमतले पास गरेको छ। सम्भवतः राष्ट्रिय सभाले पनि बहुमतले पारित गर्नेछ। बुधबार मात्रै गृहमन्त्री बालकृष्ण खाँणसँग यस विषयमा कुरा भएको छ। उहाँले पुरानो विधेयक फिर्ता लिएर नयाँ विधेयक प्रस्तुत गर्नुभएको छ। जुन स्वागत योग्छ। राम्रो छ। उहाँलाई मैले धन्यवाद समेत दिएको छु', उनले भने। 

केही व्यक्तिले नागरिकता विधेयकलाई साम्प्रदायिक रूप दिएर राजनीतिक गर्न खोजेको उनको आरोप छ। 'केही दलले जहिले पनि नागरिकताको कुरा आयो कि राष्ट्रियताको कुरा उठाइदिन्छ। म साफ भन्न चाहन्छु। कसैको चित्त दुखोस् की नदुखोस्। अहिले जुन सरकारले नागरिकता विधेयक प्रस्तुत गरेको छ त्यो पारित हुनुपर्छ। जन्मका आधारमा नागरिकता पाएका सन्तानहरूले वर्षौदेखि नागरिकता पाइराखेको छैन्। त्यो पाउनु पर्छ,' उनले भने। 

वैवाहिक अंगीकृतको सवालमा संविधानमा पहिलेदेखि जे व्यवस्था छ, त्यहीअनुसार हुनुपर्छ। त्यो संशोधन गर्नु जरुरी पनि छैन। त्यसमा कुनै म्याद वा सर्त पनि राख्नु हुँदैन। कृष्ण प्रसाद भट्टराई, मनमोहन अधिकारीको पालादेखिको संविधानदेखि लिएर आजसम्मको संविधानमा जे व्यवस्था छ त्यहीअनुसार वैवाहिक अंगीकृत नागरिकताको कुरालाई यथावत राख्नु पर्छ। 
एक हातमा सिन्दुर र एक हातमा नागरिकता दिनु भनेको मुर्खता हो। अपरिपक्वता हो। अज्ञानता र साम्प्रदायिकता हो। यस विषयमा पनि म बहस गर्न तयार छु,' उनले भने। 

अर्को प्रसंगमा निधिले अगामी मंसिरको पहिलो हप्तामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने बताएका छन्। चुनावमा अहिलेको गठबन्धनसमेत कायम नै रहने उनले बताएका छन्। बरु एक दुईवटा दल समाहित हुन सक्छ। सबैसँग बहस चलिरहेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा सबै दलसँग निरन्तर संवाद रहेको निधिले बताएका छन्। निधिले स्थानीय तहको चुनावमा जसरी कांग्रेसले बहुमत ल्याएको छ। त्यसरी नै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा बहुमत ल्याउने दाबी गरे। 

तस्बिर : पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि।  सुनिल ठाकुर/अन्नपूर्ण
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.