आर्थिक र सामाजिक रूपान्तरणका लागि थप संघर्ष : उपेन्द्र यादव

आर्थिक र सामाजिक रूपान्तरणका लागि थप संघर्ष : उपेन्द्र यादव

महोत्तरी : मुलुकमा आर्थिक र सामाजिक रूपान्तरणका लागि थप संघर्षको आवश्यकता रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। शुक्रबार महोत्तरीको बर्दिवासमा आयोजित नवनिर्वाचित नगरप्रमुख तथा उपप्रमुखहरूको सम्मान कार्यक्रमकाबीच अध्यक्ष यादवले राजनीतिक लोकतन्त्रले मात्र मुलुकको आमूल परिवर्तन सम्भव नरहेको बताएका छन्।

जनता समाजवादी पार्टी मधेश प्रदेश समितिले आयोजना गरेको सो कार्यक्रमका बीच अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएतापनि आमूल परिवर्तनका लागी थप संघर्षको आवश्यकता उपर जोड दिएका छन्। 

अध्यक्ष यादवले भने, 'राजनीतिक लोकतन्त्रको स्थापनाले राजनीतिक परिवर्तन ल्याएको छ, तर आर्थिक र सामाजिक परिवर्तनको लागी अझ संघर्ष गर्नुपर्नेछ। समाजको मुलधारभन्दा बाहिर रहेको समुदायलाई मुलधारमा ल्याउन सामाजिक लोकतन्त्र र आर्थिक समानता कायम गर्न आर्थिक लोकतन्त्र आवश्यक रहेको छ।'

वर्तमान निर्वाचन प्रणालीले राजनीतिक लोकतन्त्रलाई विकृत बनाई रहेको उल्लेख गर्दै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक संसदीय निर्वाचन र दलविहिन स्थानिय तह आजको मुल आवश्यकता रहेको बताएका छन्।

जसपा प्रदेश अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपाको तर्फबाट मधेश प्रदेशका निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूलाई सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.