छोटो धक्काले नै क्षति

छोटो धक्काले नै क्षति

ओखलढुंगा / भोजपुर : खोटाङको मात्तिम बिर्तालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले विभिन्न जिल्लामा क्षति पुर्‍याएको छ। पछिल्लो विवरणअनुसार विभिन्न जिल्लामा ४ घर भत्किएका छन्् भने २ दर्जन बढी घरमा क्षति पुगेको छ। आइतबार बिहान करिब ८ बजेर १३ मिनेटमा खोटाङको साकेला गाउँपालिका–५, मात्तिम बिर्तालाई केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको हो। 

भूकम्पको केन्द्रमा २ घर भत्किएको र दुई दर्जन बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए। उनले भने, ‘दुई दर्जन घरमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। कति घरका छानाबाट टायल खसेका छन् भने कतिका गारो चर्केर क्षति भएको छ।’ मानवीय र पशुधन क्षति भने नभएको लम्सालको भनाइ छ। 

त्यस्तै, ओखलढुंगामा भूकम्पको ठूलै धक्का महसुस भए पनि एक घरमा मात्र क्षति पुगेको छ। चिशंखुगढी–२ मा पुरानो एक घर भत्किएको प्रहरीले जनाएको छ। ओखलढुंगाका डीएसपी शुकदेव 

खनालले एक घरको गारो भत्केको र अन्य विवरण हालसम्म अध्यावधिक नभएको उनको बताए। 

भोजपुर एक घर ध्वस्त

भोजपूरमा पनि भुकम्पका कारणले सामान्य क्षति देखिएको छ। भोजपुर नगरपालिका १२, टक्सारको एक घरमा क्षति पुगेको बताइएको छ। उक्त घरमा मानिसको बसोबास हाल नभएकाले मानवीय क्षति नभएको स्थानीयले बताए। 

भोजपूरमा पनि भुकम्पका कारणले सामान्य क्षति देखिएको छ। भोजपुर नगरपालिका–१२, टक्सारको एक घरमा क्षति पुगेको बताइएको छ। उक्त घरमा मानिसको बसोबास हाल नभएकाले मानवीय क्षति नभएको स्थानीयले बताए। 

त्यस्तै, भोजपुरका धेरै स्थानमा धक्का गएको छ। भूकम्पको धक्काले भोजपुर सदरमुकाम नजिकै रहेको टक्सारस्थित एक घर पूर्ण रुपमा क्षति पुगेको छ। भोजपुर नगरपालिका–१२, टक्सारस्थित स्थानीय प्रमोद हलुवाईको घरमा क्षति पुगेको हो। हलुवाईको परिवार २१ वर्षअघि काठमाडौँ बसाइँ सरेका कारण घरबाहेक कुनै पनि क्षति हुन नपाएको स्थानीय विमल रणपहेँलीले बताए। 

भूकम्पको धक्का जिल्ला अधिकांश स्थानमा महसुस गरिएको छ। धक्काले कुनै पनि क्षति नभएको आँकलन गरिएको छ। ९ वटै स्थानीय तहका प्रभावित क्षेत्र केकति क्षति पुगेको भन्ने पूर्ण विवरण नआइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए। क्षति भएको विवरण आउनसाथ आवश्यक सामग्री र सुरक्षाको व्यवस्थामा आवश्यक पूर्वतयारीमा रहन सबै स्थानीय तहलाई जानकारी गराईएको प्रजिअ घिमिरेले बताए।

भूकम्पको धक्का छोटो समय

भूकम्पको धक्का छोटो समय महसुस भएकाले क्षति कम भएको स्थानीयको भनाइ छ। पहाडी जिल्लाका सुरक्षा प्रमुखहरूले क्षतिको विवरण यकिन गर्ने काम भइरहेको र सबैलाई सुरक्षित रूपमा 
बस्न आग्रह गरेका छन्।  विगतका भूकम्पले धेरै क्षति पुगेकाले नागरिकमा धेरै सचेतना आएको भए पनि नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले सधैं सतर्क नै रहनुपर्ने ओखलढुंगा क्याम्पसका समाजशास्त्रका उप प्राध्यापक डा. भेषनाथ खनालले बताए। 

जिल्लावासीलाई भूकम्पबाट हुने जोखिमबारे सतर्क रहन जिल्ला प्रहरी तथा प्रशासन कार्यालयले अपिल समेत गरेका छन्। मात्तिम विर्तालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पूर्वी पहाडका सबै जिल्लाहरूमा तराईका जिल्लाभन्दा बढी धक्का महशुस गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.