दैनिक कोरोना संक्रमित बढ्दै, ४१ जना आइसीयू र ५ को भेन्टिलेटरमा उपचार हुँदै
![दैनिक कोरोना संक्रमित बढ्दै, ४१ जना आइसीयू र ५ को भेन्टिलेटरमा उपचार हुँदै](https://annapurnapost.prixacdn.net/media/albums/coronamicrone_20220218105928_MC5JF0eO8z.jpg)
काठमाडौं : पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै आठ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४१ जनाको आइसीयू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रदेश १ मा २, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना आइसीयूमा उपचाररत छन्। यस्तै, बागमती प्रदेशमा ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)