राजेश र माधुरीको नयाँ तीज गीत सार्वजनिक
![राजेश र माधुरीको नयाँ तीज गीत सार्वजनिक](https://annapurnapost.prixacdn.net/media/albums/MadhuriSapkota1_20220805161928_U92R1kb32X.jpg)
काठमाडौं : राजेश ढकाल र माधुरी दुलाल सापकोटाको नयाँ तीज गीत सार्वजनिक भएको छ। 'घर धान्नलाई' बोलको गीतमा राजेश र माधुरीकै शब्द र स्वर रहेको छ।
राजेश ढकालको संगीत रहेको गीतलाई विष्णु तामाङको अरेन्ज गरेका छन्।
गीतको भिडियो राजेश ढकालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। बिरज फुयल र सदीप घिमिरेको संयुक्त निर्देशनमा बनेको भिडियोमा किरण केसी, रमा थपलिया र स्वस्तिका सापकोटाको अभियन रहेको छ।
गायिका सापकोटा सञ्चार मार्केटिङ क्षेत्रमा सक्रिय छिन्। उनले यसअघि पनि गीत लेखन र गायन सक्रिय थिइन्। गायक ढकाल दुई दसकदेखि लोक सांगीतिक क्षेत्रमा सक्रिय छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)