सौकाको गलैंचा जोगाउनै मुस्कील

सौकाको गलैंचा जोगाउनै मुस्कील

दार्चुला : समुद्री सतहबाट ३७ सय मिटरको उचाइमा छ तिंकर गाउँ। यस गाउँमा सौका समुदायको बस्ती छ। नेपाल, भारत र चीनको त्रिदेशीय सीमानाका नजिकको बस्ती हो यो। दार्चुलाको व्यास गाउँपालिका–छाङरु र तिंकरमा सौका समुदायको बाक्लो बस्ती छ। उनीहरूको पुख्र्यौली पेसा भनेकै राडीपाखी र गलैंचा बुन्ने हो। दार्चुलाको व्यास गाउँपालिका–१ तिंकर र छाङरु, वडा नम्बर–२ को पार्ला, दुम्लिङ तथा अपी हिमाल गाउँपालिका–६ सीतोलामा सौका समुदायले बसोबास गर्छन्। 

दार्चुला जिल्ला सदरमुकाममा सौका समुदायले बनाएको गलैंचा, राडीपाखीहरू किन्नेको भीड हुन्थ्यो। तर, आज भोलि त्यो पाउनै छाडेको छ। ‘पहिले बाजे बजुले निकै चासो देखाएर ऊन कात्नु हुन्थ्यो। आज भोलि त्यति गर्ने मान्छे पनि छैनन्। मान्छे भए पनि सिकेर बुन्न कोही चाहन्न’, स्थानीय रमेती तिङरीले भनिन्। 

आजभोलि घरायसी प्रयोजनका लागी मात्रै गलैंचा र चुटुक बुन्ने गरिन्छ। पहिले मेलापात, बिहे व्रतहरूमा पनि निकै चलनमा आउँथ्यो। तर, आजभोलि यसको पनि बिक्री घटेको तिकरीले बताइन्। सौका समुदायलाई

आफ्नो पेसालाई जोगाउन पनि धौधौ भएको छ। धेरै भेडा पालेर त्यसको ऊनको स्वेटर राम्रो मूल्यमा बिक्री हुन्थ्यो, तर त्यो पनि अहिले बुन्ने मान्छे अभावले बजारमा पाउन छोडेको छ।
सौका समुदायले गलैंचा बुन्ने सामान भारतबाट ल्याउनुपर्ने र पहिले जस्तो सजिलो नभएकाले पनि यो पेसा संकटमा परेको बताएका छन्। ‘भारतबाट सामानहरू ल्याउनुपर्छ। पहिलेको जस्तो सजिलो छैन। भन्सार महँगो छ, धेरै भन्सार तिरेर ल्याएको धागोबाट गलैंचा बनाए, खासै मुनाफा हुँदैन। अनि मान्छे किन बुन्छ ?’, स्थानीय कुसुम बोहराले भनिन्।

सौका समुदायको मुख्य पेसा भेडा र च्याङग्रा पालन हो। दशकौं अघि गाउँगाउँमा सडक थिएनन्, भेडाबाट सामान ढुवानी हुन्थ्यो, चीनको तिब्बतसँगको व्यापार सहज थियो। ऊनबाट बनेका घरेलु हस्तकलाको तिब्बतमा पनि राम्रो व्यापार थियो। अहिले सबै घटेको छ। ‘तिब्बतमा बेचेको हस्तकलाले ऊन, सुन, बाख्रा, नुन ल्याएर दार्चुलाको गाउँ–गाउँ र बझाङको चैनपुरसम्म लगेर बिक्री हुन्थ्यो, तर अहिले यातायातका साधनले गर्दा त्यो सबै बन्द भयो’, दार्चुलाको महेन्द्र नमुना मावि खलंगाका शिक्षक प्रेम बोहराले भने।

एक दशकअघि मात्रै पनि सौका समुदायले बनाएका गलैंचा, चुटुक, राडी पाखी, रङगा ब्यान ठूलो, च्युङबाला जस्ता हस्तकलाका सामान भारतको बागेश्व, जौलजीबी, तिब्बतको ताक्लाकोछ, दार्चुलाकै गोकुलेश्वर, बाजुरा, अछाम लगाताका जिल्लाहरूमा लगेर कारोबार गरिन्थ्यो। तर, आजभोलि गाउँ घरमा सडक पुगेसँगै यसको व्यापार र उत्पादनसमेत घटेको स्थानीय बिमल बूढाथाकीले बताए। ‘हामीहरूलाई त्यतिबेला सौकार भनेर बोलाउँथे। व्यापारकै कारण सौकार भनिएको पनि हो, तर अहिले सबै बन्द भयो’, स्थानीय बिमल बुढाथोकीले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.