कनकाई नहरमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको मृत्यु

कनकाई नहरमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको मृत्यु

झापा : झापाको कनकाई नहरमा पौडी खेल्न गएका एकै गाउँका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- ९ स्थित आइतबारे निवासी सुस्मा सुन्दासको ११ वर्षीया छोरी एन्जिला सुन्दास र सोही ठाउँका ध्रुव राईको १२ वर्षीय सिकुम राई रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

प्रहरीका अनुसार बिहीबार दिउँसो ४ बजे सुन्दास र राई घर नजिकैको कनकाई सिँचाइ आयोजनाको नहरमा पौडी खेल्न गएका थिए। 

साँझ अबेरसम्म उनीहरू घर नफर्किएपछि परिवारजनले खोजतलास गर्ने क्रममा नहरको डिलमा उनीहरूले लगाएको कपडा र चप्पल फेला परेको छ। 

त्यसपछि परिवार र छरछिमेकले तत्काल इलाका प्रहरी कार्यालय झिलझिललाई खबर गरेपछि प्रहरी टोली घटनास्थल आइपुगे। प्रहरी र स्थानीयले उनीहरूको खोजतलास गर्ने क्रममा कपडा राखिएको स्थानदेखि ४ किलोमिटर पश्चिम शिवसताक्षी-७ स्थित सताक्षी खोलामा दुवै जना पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेको डीएसपी पाठकले बताए। 

दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिलेले अनुसन्धान अघि बढाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.