सगरमाथासम्म विस्तार गरिने फाइबर हस्तान्तरण

सगरमाथासम्म विस्तार गरिने फाइबर हस्तान्तरण

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरसम्म विस्तार गरिने उच्च गुणस्तरको फाइबर खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। नाम्चेदेखि सगरमाथा आधारशिविरसम्म इन्टरनेट विस्तार गरिने ३६ कोरको ४४ किलोमिटर फाइबर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। 

फाप्लु विमानस्थलमा एक कार्यक्रममा सहयोगी संस्था सेन्टर फर आइसीटी फर डेब्लप्टका कार्यकारी निर्देशक पवन शाक्यले गाउँपालिका अध्यक्ष मिङमा छिरि शेर्पालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन्। २ लाख ५८ हजार युरो अर्थात २ करोड रुपैयाँ बराबरको सो सामाग्रीको आर्थिक ब्यवस्थापन एसिया कनेक्ट साउथ कोरिया मार्फत युरोपियन युनियन र टेनले गरेको सहयोगी संस्था सेन्टर फर आइसीटी फर डेब्लप्ट काठमाडौंले जनाएको छ। 

उच्च गुणस्तर र प्रविधिको वाटर तथा विन प्रुभ सो फाइबरले ५० टनसम्मको भार थेग्न सक्ने सहयोगी संस्थाले जनाएको छ। सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष मिङमा छिरि शेर्पाले निकट भविष्यमै गाउँपालिकालाई प्रविधियुक्त बनाउने बताए। सहयोगी संस्था मार्फत आफ्नो पालिकालाई गुणस्तरीय सामाग्री प्राप्त भएकाले प्रविधिको क्षेत्रमा खुम्बुलाई देशकै नमुनाको रुपमा विकास गर्ने हिसाबले दिर्घकालीन योजनाका साथ अघि बढ्ने बताए।

सोही संस्थाले यस अघि गाउँपालिकालाई राउटर, स्वीच, टर्मिनल बक्स लगायतका सामाग्रीहरु पनि सहयोग गरेको बताइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.