गोरखामा एक पुरुषको हत्या

गोरखामा एक पुरुषको हत्या

गोरखा : गोरखामा एक पुरुषको हत्या भएको छ। पालुङटार नगरपालिका -५ धरम पानीमा ३५ वर्षीय बुद्धि विकको गएराति हत्या भएको हो ।

ठाँटी पोखरीमा भएको रोपाईं जात्रा हेरेर फर्कनेक्रममा गएराती १० बजेतिर उनलाई कुटपीट भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि आँपपिपल अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। स्थानीयले घटनाको जानकारी गराएपश्चात प्रहरी घटनास्थलमा पुगेको थियो। 

घटनामा संलग्न भएको आशंकामा स्थानीय तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.