प्रवीण र रेणुकालाई उपाधि

प्रवीण र रेणुकालाई उपाधि

अर्जुन प्रधान ‍‍‍/ ओहायो : अमेरिकाको ओहायोमा इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो भ्वाइस कप सिजन–२ र मेरो डान्स कप सिजन–४ को विजेता घोषणा भएको छ। मेरो भ्वाइस कप सिजन–२ को उपाधि प्रवीण बर्देवाले जितेका छन् भने मेरो डान्स कप सिजन–४ रेणुका राईले जितिन्। विजेतालाई टोयोटा र्‍याभ फोर गाडी र १० हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिएको थियो।

भ्वाइस कपका विजेतालाई इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए। डान्स कपकी विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पुरस्कार प्रदान गरेका थिए। गत अप्रिल ७ तारिकबाट सुरु भएको अडिसनमा दुवै रियालिटी शोमा एसएमएस भोटिङका आधारमा विजेता छनोट गरिएको संस्थाका कार्यकारिणी संयोजक रुद्र बानियाँले जानकारी दिए। यसैगरी भ्वाइस कपको फस्ट रनरअप करण तामाङ बने। 

उनले ६ हजार अमेरिकी डलर र सुनको कप पुरस्कार पाएका थिए। सेकेन्ड रनरअप शीतल शर्मा भइन्। उनले तीन हजार डलर पुरस्कार पाइन्। यसैगरी चौथो हुने लीला गजमेर र पाँचौं स्थान हात पार्ने बाबा खालिङले एक हजार पाँच सय अमेरिकी डलर पुरस्कार पाएका थिए।

डान्स कपमा फस्ट रनरअप आयुसा भइन्। उनले ६ हजार अमेरिकी डलर र सुनको कप पुरस्कार पाइन्। सेकेन्ड रनरअप बनेकी सुनिता तामाङले तीन हजार अमेरिकी डलर पुरस्कार पाइन्। कोलम्बस कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, चर्चित गायकहरू नरेन्द्र प्यासी, केशव पौडेल, किरण गजमेर, शिव परियार, मनोजराज शिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाललगायतले सांगीतिक प्रस्तुति दिएका थिए। यसैगरी कलाकार सारंगा श्रेष्ठ, दीलिप रायमाझी, केकी अधिकारीलायतले नृत्य प्रस्तुत गरेका थिए।

फाउन्डेसनका अध्यक्ष डिल्लीराम अधिकारीले नेपाली कला, भाषा, र साहित्यलाई निरन्तर अघि बढाउनु पर्नेमा जोड दिए। उनले परोपकारी काममा फाउन्डेसन सदैव लागिरहने प्रतिवद्धता पनि जनाए। सन् २०१६ मा पुणी गुरुङले उपाधि जितेकी थिइन्। यसैगरी २०१७ मा मनिता मगर र २०१९ मा विशाल राईले मेरो डान्स कपको उपाधि जितेका थिए। यसैगरी भ्वाइस कपअन्तर्गत २०१९ मा आन्न राई पहिलो भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.