भेडेटारमा दशकपछि खानेपानी

भेडेटारमा दशकपछि खानेपानी

धनकुटा  : निर्माण सुरु भएको दशकपछि पर्यटकीय स्थल भेडेटारमा लिफ्ट प्रणालीबाट खानेपानी पुगेको छ। २०६९ सालमा दुई वर्षभित्र सक्ने लक्ष्यसहित निर्माण थालिएको थियो। तर, बजेट अभावकै कारण आयोजना निर्माणले गति लिन सकेन। 

पौने ४ करोड लागतको आयोजनामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय (प्रदेश सरकार) को ८० र भेडेटारवासीको २० प्रतिशत लागत साझेदारी छ। भेडेटार बजारदेखि १ हजार ७ सय मिटर तल रहेको शिरिसे, शौर्य र बोझेनी गरी तीन वटा मुहानका पानीलाई साउनेमा संकलन गरी लिफ्ट प्रणालीबाट ल्याइएको भेडेटार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव आशिष राईले बताए। उनका अनुसार खोलामा संकलन भएको पानीलाई दुई स्थानबाट लिफ्ट गरिएको छ। 

पहिलो लिफ्ट साउनेदेखि ७ सय ५० मिटर उचाइको खर्कडाँडासम्म ल्याइएको छ। खर्कडाँडादेखि ९ सय ६० मिटरको उचाइमा रहेको रमिते डाँडामा ल्याइएको छ। साउने र खर्कडाँडामा ५०-५० हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिएको छ। 

त्यस्तै, माथिल्लो भाग रमितेडाँडामा पनि एक-एक लाख लिटर क्षमताको दुई वटा ट्यांकी निर्माण गरिएको छ। संकलन भएको पानीलाई सबै घरधुरीलाई पुग्ने गरी वितरण गरिनेछ। अहिले १ सय ६० घरधुरी मात्रै समेटिएको छ। अब चाँडै नै नयाँ एक सय घरधुरी समेटिनेछन्।  खानेपानी आयोजनाबाट भेडेटार बजारसहित कान्फेक, कार्कीछाप, साँगुरीलगायत स्थानका तीन सयभन्दा बढी घरधुरी लाभान्वित हुनेछन्। बजेट अभावकै कारण तोकिएको समयभित्र आयोजना सम्पन्न हुन नसकेको खानेपानी कार्यालय धनकुटाका निमित्त डिभिजन प्रमुख राजकुमार मण्डलले बताए। 

भेडेटारलगायत आसपासका क्षेत्रमा सानाठूला गरी डेढ सयभन्दा बढी होटलहरू सञ्चालनमा छन्। व्यवसायीहरूले प्रतिलिटर दुई रुपैयाँ लिटरसम्म पर्ने ट्यांकरको पानी किनेर होटल चलाउनुपर्ने बाध्यता थियो। अब खानेपानी अभावबाट छुटकारा मिल्ने भेडेटारका होटल व्यवसायी विष्णुराज श्रेष्ठको भनाइ छ। भेडेटारलगायत आसपासका पर्यटकीय क्षेत्रमा केही वर्षयता देखिएको खानेपानी समस्या समाधान हुने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.