गाई अनुसन्धान केन्द्र सञ्चालनको तयारी

गाई अनुसन्धान केन्द्र सञ्चालनको तयारी

महोत्तरी : महोत्तरीमा गाई अनुसन्धान केन्द्र सञ्चालन गरिने भएको छ। राष्ट्रिय सरकारी बोर्डले सञ्चालन गरेको निगौल गाई गौशालालाई केन्द्रका रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाइएको छ। 

गौशाला नगरपालिका-३ नवराजपुरस्थित केन्द्रलाई कृषि विश्वविद्यालयको समन्वयनमा सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ।

संस्थाको आर्थिक सवलीकरण गर्ने र पशु विज्ञानको पठनपाठन गराउनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठसँग औपचारिक छलफल गरिएको गौशालाका नगरप्रमुख डा. दिपेन्द्र महतोले बताए। 

बोर्डका सह-अध्यक्ष मित्रराज दवाडी र पूर्वमन्त्री एवम् सांसद गिरीराजमणि पोखरेल सहभागी कार्यक्रमले संस्थालाई थप सवलीकरण गर्नका लागि सकारात्मक निर्णयहरु भएको नगरप्रमुख डा. महतोले जानकारी दिए।

नगरप्रमुख डा. महतोले भने, 'चारवटा विषयमा छलफल भएको थियो। योजना कार्यान्वयनमा आएपछि नगरपालिकाले नाफामा पाउने रकम नगरको गरिबी निवारणमा खर्च गरिने, स्थानीय स्तरमा उपलब्ध हुने जनशक्तिलाई पहिलो प्राथमिकता दिइने, गौशाला नगरपालिकाका लागि शैक्षिक कोटामा विशेष आरक्षणको व्यवस्था हुनुपर्ने, गौशाला नगरपालिकासँग समन्वय गर्नुपर्ने विषयमा छलफल भएको हो।'

त्यस्तै विश्वविद्यालयले कार्यक्रम मोडालिटी तय गरेर थप छलफल गरी योजना कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.