‘आउन साथी आउ’ सार्वजनिक
![‘आउन साथी आउ’ सार्वजनिक](https://annapurnapost.prixacdn.net/media/albums/aaun-sathi-aau_20220820071911_aQmbfkwc7C.jpg)
काठमाडौं : ‘आउन साथी आउ’ बोलको गीत सार्वजनिक गरिएको छ। रामेछापका मोहन कार्कीले शब्द संकलन गरेको स्वदेश गानको म्युजिक भिडियो सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लोकार्पण गरेका हुन् ।
रामकृष्ण थापाले संगीत संयोजन गरेको उक्त राष्ट्रिय भावनाले ओतप्रोत गीतमा विनोद दनुवार, मनु दाहाल, उषा गजुरेल र रमेश पाठकले स्वर दिएका छन्। गीतको भिडियोमा २२ जनाभन्दा बढी कलाकारले अभिनय गरेका छन् ।
कार्कीले ३ वर्षको मेहनतपछि राष्ट्रका लागि ‘आउन साथी आउ सबै मिलि विजयको मीठो गीत गाउँ’ बोलको स्वदेश गानको निर्माण गरेको जानकारी दिए। ‘गीतले देशसँग आशावादी हुन र उत्साहित हुन सिकाएको छ।’ उनले भने, ‘हिमाल पहाड तराईका सबै नेपालीलाई जोड्न सहयोग पुग्छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)