माओवादीले बल्ल पायो पदाधिकारी

माओवादीले बल्ल पायो पदाधिकारी

काठमाडौं : माओवादी केन्द्रले महाधिवेशनको ९ महिनामा शनिबार पदाधिकारीको टुंगो लगाएको छ। स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङलाई अनुमोदन गरेको हो।

नेताहरू वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल उपमहासचिव बनेका छन्। सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य, राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन्। विशेष अधिवेशनसम्मका लागि मात्रै पदाधिकारी चयन गरिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बताए। 

माओवादीले समावेशीको नीति लिए पनि पदाधिकारी असमावेशी देखिएको छ। दलित र मुस्लिमलाई ठाउँ दिइएको छैन। स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी सर्वसम्मत ढंगले चयन गर्दा एक जना महिला मात्रै परेका छन्। युवाको उपस्थिति छैन।

उपमहासचिवमा भुसालबाहेक पदाधिकारीमा पुरुष मात्रै छन्। उपमहासचिवमा यादव र सचिवमा साह मधेसी कलस्टरबाट छन्। आदिवासी जनजातिबाट वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, महासचिव गुरुङ, उपमहासचिव पुन र सचिव शाक्य मात्रै छन्। खसआर्यबाट उपाध्यक्ष महरा, उपमहासचिव पोखरेल, शर्मा, गजुरेल र बस्नेत छन्। सचिवमा शर्मा, खनाल, पौडेल, पोखरेल, पाण्डे, आचार्य, कार्की अनि कोषाध्यक्षमा ढकाल छन्।

पुसमा सम्पन्न आठौं महाधिवेशनले पार्टीलाई समावेशी बनाउने नीति लिएको थियो। पार्टीका पदहरूमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र १५ प्रतिशत दलितको सहभागिता गराउने विधानमै राखिएको थियो। तर, दाहालले पुरानै नेतालाई दोहोर्‍याएर पदाधिकारी छनोटको सवाल पन्छाएको एक नेताले बताए।

केन्द्रीय सदस्य प्रकाश पोखरेलले पदाधिकारीमा सबै क्लस्टरबाट क्षमतावान नेता नरहेकाले चाहेर पनि समावेशी बनाउन नसकिएको बताए। ‘हाम्रो केन्द्रीय कमिटी समावेशी बनेको छ। कष्टरबाट पदाधिकारीका लागि सिनियर नेताहरूको कमीले पनि पदाधिकारी समावेशी बन्न सकेन’, पोखरेलले भने।

बैठकले आगामी निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय समिति बनाएको छ। वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संयोजक तोकिएका छन्। सदस्यमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोक्का, जाकिर हुसेन, कृष्ण चौधरी छन्। यस्तै, पर्शुराम तामाङ, भीमा ढुंगाना, जगत सिम्खडा सदस्य छन्।

बैठकले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ। प्रवक्ता महराले भने, ‘भदौ ७ गतेसम्म गठबन्धनको बैठक चल्छ। ८ देखि १५ गतेसम्म प्रदेशभर प्रशिक्षण कार्यक्रम हुन्छ।’

पार्टीलाई टिमबद्ध रूपमा परिचालन गरिने महासचिव गुरुङले बताए। ‘पार्टीका निर्णयहरूलाई प्रभावकारी ढंगबाट अगाडि बढाउँछौं’, उनले भने, ‘पार्टीलाई सशक्त बनाउँछौं।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.