सोलुदूधकुण्डमा पाँच करोडको लागतमा पर्यटन पदमार्ग बन्दै

सोलुदूधकुण्डमा पाँच करोडको लागतमा पर्यटन पदमार्ग बन्दै

सोलुखुम्बु : पर्यटनको राम्रै गन्तव्यका रुपमा रहेको सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा करिब पौने पाँच करोड रुपैयाँको लागतमा पर्यटन पदमार्ग बन्ने भएको छ । 

पर्यटन पूर्वाधार विकासका लागि नगरपालिकाको पहलमा नेपाल सरकार पर्यटन विभागबाट पिकेडाँडाहुँदै दूधकुण्ड पोखरीसम्मको पर्यटक पदमार्ग निर्माणका लागि प्राप्त चार करोड ७७ लाख रुपियाँको काम सुरु गरेका हुन् । 

पिकेडाँडा–जुनबेसी–मोपुङ–थुप्तेन छोलिङ गुम्बा–सर्सवेनी–टाक्सिन्दु जोड्ने लक्ष्य राखिएको पदमार्गको शिलन्यास गर्दै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले नगरक्षेत्रको पर्यटनको विकासमा सहयोग पुग्ने यो पदमार्ग निर्माणको कामको गुणस्तरमा ध्यान दिन निर्माण कम्पनीलाई निर्देशन दिए । 

आवश्यक परेको खण्डमा स्थानीय सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेकाले राज्यको लगानी भरपुर सदुपयोग हुने हिसाबले काम गर्न उनले आग्रह गरे । 

गएको असार २९ गते ठेक्का सम्झौता भइ एक वर्षमा सम्म सम्पन्न गर्ने गरी प्राप्त बजेटले यस वर्ष पिके डाँडादेखि २० देखि २५ किलोमिटर पदमार्ग तयार गरिने निर्माण कम्पनी जलुकेनी निर्माण सेवा प्रालिका प्रमुख ऋषिराज फुयालले जानकारी दिए ।

 नगरपालिकाको अथक प्रयासपछि पर्यटन विभागले रकम छुट्याएकाले कामको गुणस्तरमा कमी आउन नदिने उहाँले प्रतिबद्धता जनाए । पदमार्ग निर्माणका क्रममा तीन किलोमिटर सिँढी, चार किलोमिटर सोलिङ, दुई वटा विश्राम घर, एक सय घनमिटर जाली भर्ने, २५० घनभिटर मेसिनरी वाल, र आवश्यकता अनुसार काठेसाँघुलगायतका संरचना निर्माण गरिने पर्यटन विभागका इन्जिनियर रोशन खड्काले बताए । 

स्थानीयस्तरमै उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी पदमार्ग निर्माण गरिने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.