एकीकृत समाजवादीबाट पाल्पा-२ मा सोमप्रसाद पाण्डे सिफारिस

एकीकृत समाजवादीबाट पाल्पा-२ मा सोमप्रसाद पाण्डे सिफारिस

तानसेन : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पाल्पाले सर्वसम्मतरुपमा पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा सोमप्रसाद पाण्डेलाई सिफारिस गरेको छ।

तानसेनमा पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले पाण्डेलाई सर्वसम्मतरुपमा उम्मेदवारको सिफारिस गरेको जिल्ला कमिटी सदस्य एवं पार्टी प्रचार विभाग प्रमुख पदम गैरेले बताए। सिफारिस उम्मेदवार पाण्डे अहिले पनि पाल्पा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्य छन्।

सिफारिसमा परेको उम्मेदवार पाण्डे एकीकृत समाजवादीका पोलिटिव्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष छन्। पाण्डेले २०५१, २०५६, २०७० र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नं २ मा एमालेबाट विजयी भएका थिए। २०६४ को संविधानसभा सदस्यमा उनी माओवादी उम्मेदवारसँग पराजित भएका थिए। उनी पाल्पा क्षेत्र-२ मा सत्ता गठबन्धनको तर्फबाट पनि बलियो दावेदार हुन्। यसद्यपि गठबन्धनको तर्फबाट भने उनी साझा उम्मेदवार बनिसकेका छैनन्।

पाल्पा २ मा नेपाली कांग्रेसले पनि दाबेदारी गर्दै आएको छ। जिल्ला कमिटीका नेताहरुले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उक्त क्षेत्रको दाबेदारी पेस गरिसकेका छन्।

त्यस्तै बैठकले समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ। प्रदेशतर्फ भने महिला अल्प संख्यकमा रमा घर्तीमगर, दलितमा बल बहादुर सुनार र सर्वजित विश्वकर्मालाई सिफारिस गरेको छ।

त्यसैगरी प्रदेशसभातर्फ प्रत्यक्षमा क्षेत्र नं १ क मा विनोद श्रेष्ठ, क्षेत्र नं १ ख मा पदम अर्याल, क्षेत्र नं २ क मा खिमानन्द पाण्डे कमल, क्षेत्र नं २ ख मा झलक रायमाझीलाई उम्मेदवार सिफारिस गरेको छ।

पाटीले आफ्नोतर्फ बाट उम्मेदवार सिफारिस गरे पनि ५ दलीय गठबन्धनको सहमतिअनुसार अगाडि बढ्ने निर्यण बैठकले गरेको प्रचार विभाग प्रमुख गैरेले जानकारी दिए।

त्यसैगरी पाल्पा क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा नेकपा एमालेको तर्फबाट पोलिटिव्युरो सदस्य एवं पाल्पा इन्चार्ज ठाकुर गैरेको सम्भावना बलियो देखिएको छ। २०७८ सालसम्म पाण्डे र गैरे एउटै पार्टीका नेता थिए।

त्यसैगरी नेपाली काग्रेसबाट पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा वीरबहादुर राना, हरिप्रसाद नेपाल र डा. चिरञ्जिवी नेपालको दाबी रहेको छ। नेपाली कांग्रेस पाल्पाले भदौ १६ गते पार्टी बैठकबाट संघ र प्रदेशका उम्मेदवार सिफारिस गर्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.