झापा १ बाट विश्वप्रकाश शर्मा सर्वसम्मत सिफारिस
![झापा १ बाट विश्वप्रकाश शर्मा सर्वसम्मत सिफारिस](https://annapurnapost.prixacdn.net/media/albums/Bishwo-Prakash-Sharma-1_20210920045247_uZOKgrAGEW.jpg)
झापा : झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ ।
बिहीबार बिहान बसेको क्षेत्र नम्बर १ को बैठकले शर्माको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताए ।
बुढाथोकीले भने, ‘झापा १ मा प्रतिनिधिसभाका लागि शर्माबाहेक कसैको पनि निवेदन नपरेकाले सर्वसम्मत सिफारिस गरिएको हो । इच्छुकहरूबाट कांग्रेसले आवेदन लिँदा शर्माको मात्रै निवेदन परेको हो ।’
शर्मा यसअघि झापा क्षेत्र नम्बर १ बाटै २०७० र २०७४ मा पनि प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धी थिए । शर्माको प्रतिनिधिसभामा यसपालि उम्मेदवार भए भने यो तेस्रो पटकको उम्मेदवारी हुनेछ । यसअघि २०७४ सालमा झिनो मतले शर्मा माओवादीका नेता राम कार्की पार्थसँग पराजित भएका थिए ।
त्यतिबेला कांग्रेस एक्लै निर्वाचनको प्रतिस्पर्धामा थियो भने माओवादी राप्रपासहितको गठबन्धनमा थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)