मतपत्रको रङ फेरिँदै

मतपत्रको रङ फेरिँदै

काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रयोग हुने मतपत्रको रंग फेरिने भएको छ। निर्वाचन आयोगले २०७४ को भन्दा अहिलेको निर्वाचनमा प्रयोग हुने मतपत्रको रंगमा हेरफेर गर्ने भएको हो। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको निर्वाचनका लागि सेतो कागजमा फरक–फरक रंगको प्रयोग गरी मतपत्रमा चुनावको विवरण र चुनाव चिह्न छाप्ने तयारी गरेको तयारी भएको छ। 

सुन्तला, सुनौलो, रातो र कालो गरी चार रंगको प्रयोग गरेर छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको आयोगले जनाएको छ। २०७४ को निर्वाचनमा आयोगले कालो, रातो र हरियो रंगको प्रयोग गरेर प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपत्रको छपाइ गरेको थियो। 

आयोगका सहायक–प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रातो रंगको प्रयोग गरेर मतपत्र छापिने तयारी भएको छ भने कालो रंगको प्रयोग गरेर समानुपातिकतर्फको मतपत्र छपाइको तयारी छ। २०७४ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हरियो र समानुपातिकतर्फ रातो रंगको प्रयोग गरेर मतपत्र छापिएको थियो। 

सहायक प्रवक्ता अर्यालकाअनुसार आसन्न प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि सुन्तला रंगको प्रयोग गरेर मतपत्र छाप्ने आयोगको योजना छ भने समानुपातिकतर्फ सुनौलो रंगको प्रयोग गरिँदैछ। २०७४ को निर्वाचनमा प्रदेशसभाको प्रत्यक्षमा कालो र समानुपातिकतर्फको मतपत्रमा रातो रंग प्रयोग गरेर मतपत्रको छपाइ गरिएको थियो। स्थानीय तहको निर्वाचनमा मतपत्रको रंग फेर्दा दलहरूले आपत्ति जनाएका थिए।

मतपत्र छपाइका लागि आयोगले साढे ८ मेट्रिक टन कागज किन्न बोलपत्र आह्वान गरेको अर्यालले बताए। ‘हामीलाई ११ सय मेट्रिक कागज चाहिन्छ। तर, २ सय ५० मेट्रिक टन कागज मात्रै मौजात छ,’ उनले भने, ‘प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचनका लागि चार प्रकारका ८ करोड मतपत्र चाहिन्छ।’ कागज किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए।

आयोगले असोज ४ पछि समानुपातिक तर्फको मतपत्र छपाइ गर्ने जनाएको छ। प्रत्यक्षतर्फको मतपत्र छाप्न आयोगलाई असोजको अन्तिम साता कुर्नुपर्ने छ। ‘समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची दलहरूले असोज २ गते बुझाउँदैछन्। समानुपातिकतर्फ कति दलले भाग लिन्छन् भन्ने कुरा त्यसले एकिन गर्छ। अनि त्यसपछि समानुपातिक तर्फको मतपत्र छपाइ गरिने छ’, उनले भने, ‘असोजको २२ पछि मात्रै प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट मनोनयन दर्ता हुन्छ। 

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न दिएपछि प्रत्यक्षतर्फ चुनावमा कति दलले उम्मेदवारी दिन्छ त्यसका आधारमा मतपत्र छपाइ गरिने छ।’ आयोगले नमूना मतपत्रको डिजाइन गर्न थालेको उनले बताए। आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्ने तयारी गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.