पाल्पा बुटवल सडक खण्डमा भासिने समस्या जटिल बन्दै

पाल्पा बुटवल सडक खण्डमा भासिने समस्या जटिल बन्दै

तानसेन : भासिएको सडकको भित्तामा डाइभर्सन गरेर एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको विभिन्न स्थानमा सडक भासिदा सडक यात्रा जोखिमपूर्ण बन्दै गएको छ।

पाल्पा बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका- ५ हिउदै खोलामा ६० मिटर सडक पूर्ण रूपमा भासिदा बुटबल तानसेनको यात्रा जोखिमपूर्ण बन्दै गएको छ। अस्थायी रूपमा निर्माण भएको सडक पानी परेमा पुन बग्ने खतरा रहेको छ।   

पाल्पा बुटवल सडक खण्डको चौविस माइल, हिउदै खोला, झुम्सा, र दोभान क्षेत्रमा विगत केही वर्षदेखि सडक भासिँदै आएको छ। 

    
चुरेको कमजोर भूभाग र सडक क्षमताभन्दा बढी भारवहनयुक्त सवारी साधन सञ्चालन हुँदा समय समयमा पाल्पा बुटवल सडक खण्ड भासिँदै आएको छ। हिउदेखोलामा भासिएको क्षेत्रको सडक पाँच सय मिटर तलदेखि नै भासिँदै गएको छ।  सडक भासिदा मानवीय क्षति नभएपनि यात्रुहरूले दुःख पाएका छन।

सिद्धार्थ राजमार्ग दक्षिणदेखि उत्तर जोड्ने प्रमुख राजमार्ग लुम्विनी प्रदेशको अस्थायी मुकामदेखि गण्डकी प्रदेशको राजधानी जोड्ने सडक रहेकाले सवारी साधनको चाप उच्च रहेको छ। 

सिद्धार्थ  राजमार्गबाट पाल्पा, गुल्मी, स्याङजा, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ जिल्लासम्म आवतजावत तथा खाद्यान्न ढुवानी हुँदै आएको छ। 

भासिएको सडक क्षेत्रमा पानीको मुल रहेको, मुलको सही व्यवस्थापन गरेर मात्र सडक निर्माण गरेमा दिगो हुने सडक व्यवस्थापनमा खटिएका तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले  बताए। 

सिद्धार्थ राजमार्गको बुटवल चिडियाखोलादेखि बृन्दावन बासटारीसम्म निकै जोखिम सडक क्षेत्र भएकोले जुनसुकै समयमा पनि दुर्घटनाको जोखिम रहेको सवारी चालकहरूको भनाइ रहेको छ। आफूहरूले जोखिम मौलेर सवारी चलाउँदै आएको चालक केशर बहादुर थापाले बताए। 
    
वर्षाको समयमा सडक भासिने, पहिरो खस्ने समस्या रहेको पाल्पा बुटवल सडकमा हिउदको सिद्धवावा क्षेत्रमा धुले पहिरो र ढुङ्गा खस्ने कारण यात्रा जोखिमपूर्ण बनेको हो। 

करिब १ महिनादेखि सामान्य रूपमा भासिँदै गएको सडक केही दिनअघि अवरुद्ध भई सामान्य मर्मत पछि सञ्चालनमा आएको थियो। 

बुधबार भासिन सुरु भएको सडक बिहीबार पूर्णरूपमा भासिएको छ। सडक सञ्चालनका लागि डिभिजन सडक कार्यालय पाल्पाले तीनवटा मेशिन परिचालन गरेको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए।  
    
गण्डकी र लुम्बिनी प्रदेशको राजधानी जोड्दै र नेपालको भारतीय प्रमुख व्यापारिक नाका सुनौली सडकलाई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड सबैभन्दा जोखिम रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.