निर्माण सामग्री अभावमा आयोजनाको काम प्रभावित

निर्माण सामग्री अभावमा आयोजनाको काम प्रभावित

काठमाडौं : निर्माण सामग्री अभाव हुँदा माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ। तातोपानी र रसुवागढी नाका बन्द भएपछि आयोजनाले निर्माण सामग्री ल्याउन सकेको छैन। दुवै नाका बन्द हुँदा सामग्री आयात ठप्प छ। निर्माण सामग्री चीनस्थित कम्पनी, केरुङ र ल्हासामा रोकिएको आयोजना प्रमुख सुदनसिंह महतले बताए। 

‘सामग्री आयात नहुँदा आयोजनाको काम प्रभावित भएको छ,’ उनले भने, ‘नियमित काम भए तीन महिनामा काम सकिने थियो।’ उनका अनुसार कोरोना सुरु भएपछि काम नियमित हुन पाएको छैन। इलेक्ट्रोमेकानिकलतर्फ उपकरण जडानको काम भइरहेको थियो। १५ जना चिनियाँले काम गरिरहेका थिए। तर सामग्री आयात हुन नसक्दा उनीहरूको काम प्रभावित भएको छ। 

रसुवाको आमाछोदिङ्मो–५  चिलिमेमा निर्माण भइरहेको आयोजनामा चिनियाँ कम्पनी तोनफाङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसनले उपकरण जडान गरिरहेको छ। यसको १४.८ मेगावट छ। इलेक्ट्रोमेकानिकलतर्फ ८० र हाइड्रोमेकानिकलतर्फ ९५ प्रतिशत काम सकिएको छ। 

२०६८ असोज २३ गते आयोजनाको पीपीए भएको थियो। २०७२ साउनमा सक्ने लक्ष्य थियो। हालसम्म ३ पटक म्याद थपिएको छ।  आयोजनाको भूमिगत सुरुङ १ हजार ३ सय मिटर छ। पावर हाउसदेखि चिलिमे हबसम्म ७ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.