पाँच दलीय गठबन्धनमा अब को को प्रधानमन्त्री हुने भनेर दिन बित्छ : उप-महासचिव ज्ञवाली

पाँच दलीय गठबन्धनमा अब को को प्रधानमन्त्री हुने भनेर दिन बित्छ : उप-महासचिव ज्ञवाली

तानसेन : नेकपा एमालेका उप-महासचिव प्रदीप कुमार ज्ञवालीले वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताहरूको दिन देश बनाउनेभन्दा पनि आगामी पाँच वर्षसम्म बार्गेनिङ्ग गरी सत्ता हत्याउने छलफलमा बित्ने गरेको बताएका छन। 

नेकपा एमाले पाल्पाले तानसेनमा गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै एमाले उप-महासचिव ज्ञवालीले वर्तमान सत्ता गठबन्धनका नेताहरू राजनीतिक बेश्याबृत्तिमा लागेको आरोप लगाए। 

एउटासँग मिलेर चुनाव लड्यो, अर्कोसँग मिलेर सरकार बनायो, जसलाई वर्ग सत्रु देख्यो, उसैलाई शिरमा राखेर हिँड्यो यो अवस्थाले कहिल्यै देशमा स्थिरता नहुने भएकाले एमालेलाई मतदान गर्न उप-महासचिव ज्ञवालीले कार्यकर्तालाई आग्रह गरे। 

सरकारले नीति तथा कार्यक्रममार्फत नै नेपालको ऊर्जा उत्पादन तथा व्यापारमा भित्री रुपमा भारतीय पक्षलाई भित्राएको रहस्य खुल्दै आएको उनले दाबी गरे। 

अहिलेका सत्तागठबन्धनका नेताहरू संविधान, ऐन नियम कानुन मिचेर भएपनि बल प्रयोग गरेरै भएपनि सत्ता हात पार्ने काममा लागिरहेका उनको भनाइ थियो। 

'माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत गई विदेशी भूमिमा सत्ताको बार्गेनिङ्ग गरि आएको हुन्। देशका लागि यो भन्दा लाजमर्दो काम अरू हुनै सक्दैन,' उनले भने। 

सरकारले संविधान, ऐन नियम कानुन मिचेर काम गर्दै आएको, प्रधानन्यायाधीशको महाअभियोग मुद्दा ६ महिनासम्म सरकारले लुकाएर राखेको, अब चुनावी मसला बनाउन अहिले पुनः वियूँत्याएको उनले आरोप लगाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.