ओखलढुंगा : माओवादीमा राम कार्की, कांग्रेसबाट चार जना सिफारिस

ओखलढुंगा :  माओवादीमा राम कार्की, कांग्रेसबाट चार जना सिफारिस

ओखलढुंगा : सत्तारूढ गठबन्धनका दलहरूले जिल्लाबाट उम्मेदवार सिफारिस गरेका छन्। 

गठबन्धनमा रहेका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले शनिबारको बैठकबाट संघ, प्रदेश तथा समानुपातिकमा उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्ने निर्णय गरेका हुन्। 

ओखलढुंगामा गठबन्धनभित्र चार दल छन्। यसअघि चारमध्ये नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले उम्मेदवार सिफारिस गरिसकेका छन्। कांग्रेसमा आकांक्षी धेरै भएकाले संघ र प्रदेशमा गरेर दर्जनौं नेताहरू सिफारिस भएका छन्। 

कांग्रेसले संघतर्फ केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति प्रदीप कुमार सुनुवार, केन्द्रीय सदस्य तथा पूर्व सांसद रामहरि खतिवडा, खिलानाथ दाहाल र बालकृष्ण दाहालको नाम सिफारिस गरेको छ। यो नाम नेताहरूको वरियताका आधारमा क्रमशः सिफारिस गरिएको नेताहरूले बताएका छन्। 

प्रदेशतर्फ 'क' मा प्रत्यक्षतर्फ गंगाबहादुर कार्की, राजकुमार ढुंगाना, सर्वधन तामाङ, नविन राई, बद्री दाहाल, टेकराज भट्टराई बेदबहादुर रोकालगायत १४ जना नेता छन्। 

त्यस्तै प्रदेश 'ख' मा प्रत्यक्ष तर्फ कुमार लुईटेल, रुद्र अधिकारी, अजय लुईंटेललगायत सातजना नेताको नाम सिफारिस भएको छ। 

जिल्ला कार्य समिति बैठकबाट उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरिएको केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवारले जानकारी दिए। 

समानुपातिकमा संघतर्फ महेश कोर्मोचा, गोमा केशी र बाला अधिकारी, डेकराज भट्टराई र हेमालक्षी राई छन्। प्रदेशतर्फ तिर्थ राज थापा, पेम निमा शेर्पा, हेमालक्षी राईलगायत १२ जना र प्रदेश 'ख' सविता राई, कुमार श्रेष्ठ, लेखबहादुर राईलगायत १२ जना नेताहरू सिफारिसमा परेका छन्। 

उम्मेदवार सिफारिस लगत्तै नेताहरू गाउँ पसेका छन्। गबन्धनकै अर्को घटक माओवादी केन्द्रले प्रत्यक्षतर्फ संघमा एक जना र प्रदेशमा तीनजनाका दरले उम्मेदवार सिफारिस गरेको छ। 

गठबन्धनमा संघ र प्रदेशको १ सिट कांग्रेसले दावी गरे पनि माओवादी केन्द्रले राष्ट्रिय व्यक्तित्व भन्दै केन्द्रीय कमिटी सचिव राम कार्कीलाई संघमा एकल नाम सिफारिस गरेको छ भने समानुपातिक संघतर्फ चम्पा कार्कीको नाम सिफारिस गरेको छ। 

प्रदेश सभातर्फ प्रदेश 'क' मा रामकुमार कार्की नविन, खुदबहादुर खत्री र नरेन्द्र खतिवडा छन् भने 'ख' मा वर्तमान सांसद मोहनकुमार खड्का, जिल्ला इञ्चार्ज बाबुराम गौतम र खड्ग योगी अनिलको नाम सिफारिस भएको छ। 

प्रदेश समानुपातिकतर्फ विनोद कुमार सुनुवार, गुणकुमार राई, रुपेश शाक्य, मुकुन्द कार्की, एकिन्द्रराज कट्वाल, सिता नेपाली, नवराज खड्कालगायत नेताहरू सिफारिस भएका छन्। 

अब जिल्लामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मात्रै उम्मेदवार सिफारिस बाँकी छ। एमालेले भदौ २० र २१ गते  निर्वाचन क्षेत्रीय कमिटी र जिल्लाको बैठक बोलाएको छ। बैठकपछि २२ गते उम्मेदवार सिफारिसको काम सकिने जिल्ला सचिव कमल न्यौपानेले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.