झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देनको नाम एकल सिफारिस

झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देनको नाम एकल सिफारिस

झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नाम झापा क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएको छ। 

हल्दिबारी गाउँपालिका-२ गोलधाप घर भएका राप्रपा अध्यक्ष लिङ्देन चौथो पटक झापा ३ बाट उठ्न लागेका हुन्। २०५६ सालको संसदीय निर्वाचनमा राप्रपाबाट लिङ्देन पहिलो पटक उठेका थिए। उनी त्यस बेला तेस्रो भएका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लिङ्देन उठेनन्। 

राप्रपाले उनको ठाउँमा गोपालबहादुर घिमिरेलाई उम्मेदवार बनाएको थियो। २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पुनः राप्रपाबाट उठेका लिङ्देन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित भए। 

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लिङ्देनले कांग्रेस नेता सिटौलालाई पराजित गर्दै पहिलो पटक संसदमा पुग्न सफल भए। २०७४ सालको निर्वाचनमा बाम गठबन्धनसँग राप्रपाले चुनावी तालमेल गरेका थिए। 

आउँदो मङ्सिर ४ गते हुने निर्वाचनमा लिङ्देन पुन उठ्न लागेका छन्। कांग्रेसबाट सिटौलाको नाम सर्वसम्मतले सिफारिस भएको छ। 

यसपल्ट निर्वाचनमा राप्रपा र एमालेबीच चुनावी तालमेल हुने बारेमा छलफल जारी छ। एमालेले सोमबार मात्र यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यतर्फ दुर्गा प्रसाईँ, मोहनचन्द्र रेग्मी, हरिप्रसाद घिमिरे, लोकनाथ भट्टराई र गंगा भुर्तेलको नाम सिफारिस गरिसकेको छ। 

त्यस्तै राप्रपाले झापा ३ (क) प्रदेशसभा सदस्यतर्फ नवराज पनेरु, राजकुमार राई र (ख)  प्रदेशसभा सदस्यतर्फ रामकुमार राजवंशी, जीवन पनेरुको नाम सिफारिस गरेको छ। 

त्यसैगरी राप्रपाले झापा क्षेत्र नम्बर १ मा रमेश दाहाल र पुष्कर खतिवडाको नाम सिफारिस गरेको छ। झापा १ (क) प्रदेशसभा सदस्यतर्फ कल्याण खडका र (ख) मा सबिना बजगाईँको नाम सिफारिस गरेको छ। 

झापा क्षेत्र नम्बर २ मा भक्ति सिटौला, वसन्त रिमाल र शारदा रिजालको नाम सिफारिस गरेको छ। 

झापा २ (क) प्रदेशसभा सदस्यतर्फ शंकर रिजाल, दीपक मास्के रन्जु प्याकुरेल र (ख) मा राजकुमार चौहान, लोकेश भट्टराईको नाम सिफारिस गरेको छ। झापा क्षेत्र नम्बर ४ मा खुश्वु ओलीको नाम एकल सिफारिस गरेको छ।  

झापा ४ (क) प्रदेशसभा सदस्यतर्फ रुद्र भट्टराई, कुमार श्रेष्ठ र  (ख) मा श्याम ओलीको नाम सिफारिस भएको राप्रपाका झापाका अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए। 

झापा क्षेत्र नम्बर ५ मा अहिलेसम्म उम्मेदवारको नाम सिफारिस गरिएको छैन। त्यहाँ बुधबार उम्मेदवार सिफारिस गरिने अध्यक्ष ओझाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.